शिविरमा ८० जनाको कान चेक जाँच



बर्दिया/  बर्दियाको बबई चेपांगमा भएको प्राथमिक कान उपचार शिविरमा ८० जना कानका विरामीले चेक जाँच गरेका छन् ।

बक्लोर समुह बाँसगढीको आयोजना र बाँसगढी नगरपालिकाको सहकार्यमा शनिबार सञ्चालन गरिएको एकदिने प्राथमिक कान उपचार शिविरमा ४६ जना पुरुष र ३४ जना महिला गरी ८० जना कानका विरामीले चेक जाँच गराएका थिए ।

शिविरमा चेक जाँचको लागि आएका विरामी मध्य १२ जना कानका विरामीहरुले श्रवणयन्त्र नै प्रयोग गर्नु पर्ने देखिएको बाँसगढी नगरपालिकाका सूचना अधिकारी शेर बहादुर केसीले जानकारी दिए ।

ब्रिजोन कान स्वास्थ्य स्याहार केन्द्र नेपालगञ्ज र शाखा कार्यालय गुलरिया बर्दियाको प्राविधिक सहयोगमा भएको शिविरमा बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारी, वडा नम्बर १ का वडा अध्यक्ष जयराज पाण्डे, बक्लोर समुह बाँसगढीका अध्यक्ष कृष्ण अधिकारी, बाँसगढी नगरपालिकाका सूचना अधिकारी शेर बहादुर केसी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ १० गते आइतबार