रुकुम/ रुकुम पश्चिमको सल्लेमा रहेको राप्ती समाज अस्पतालमा तोडफोड भएको छ । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा ढुङ्गामुढा गरेका हुन् ।
त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का वडा सदस्य समेत रहेका २७ वर्षीय कमल रावलको सोमबार बिहान राप्ती समाज अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालको कमजोरीका कारण रावलको मृत्यु भएको भन्दै मृतकका आफन्तले ढुङ्गा प्रहार गर्दा अस्पतालका झ्यालका सिसा फुटेका छन् । टाउको दुख्ने र जिउ दुख्ने समस्याले मृतक रावल २६ गते शनिबार राप्ती समाज अस्पत्तालमा भर्ना भएका थिए ।
तर उपचारकै क्रममा रावलको मृत्यु भएपछि मृतकका आफन्तले रावलमाथि गलत सुईको प्रयोग गरिएको भन्ने आरोप लगाएका छन् । सामान्य अवस्थामा रहेका रावललको सुई लगाएको केही समयपछि मृत्यु भएको आफन्तले बताएका छन् ।
बिहान सुई लगाइसकेपछि दुध पिउँदा पिउँदै उनको मृत्यु भएको कुरुवा लक्ष्मण रावलले बताए । कुुरुवाका अनुसार अस्पताल र डाक्टरको लापरबाहीले रावलको मृत्यु भएको बताईएको छ ।









प्रतिक्रिया दिनुहोस्