कोहलपुर/ बाँकेको राप्ती गाउँपालिका वडा नं. ९ ढकेरी स्थित झिझरी महिला सामुदायिक वन उपभोक्ता समुहले १ दिने पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर बिहीबार सम्पन्न गरेको छ ।
महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सरबाट पुर्व सचेत गराउने उद्देश्यले शिविरको आयोजना गरिएको समूहकी अध्यक्ष कमला विष्टले जानकारी दिईन ।
नेपाल परिवार नियोजन संघ बाँकेको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ३५ जना महिलाको पाठेघर परीक्षण गरिएको थियो ।
महादेवपुरी स्वास्थ्य चौकीमा भएको शिविरमा १ जनाले कपरटी र २ जना महिलाले नरप्लान्ट लगाएका थिए ।
जिल्ला परिवार नियोजन संघ बाँकेकी डा. सुमित्रा गुरुङले स्वास्थ्य परीक्षण गरेकी थिइन् ।
प्रकाशित मिति : २०७५ साउन २५ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्