सुविधा सम्पन्न रगत जाँच मेसिन जडान



कोहलपुर/  पश्चिम नेपालका थारु समुदायमा देखा परेको सिकलसिएल एनेमिया हुनु पूर्व चरणको रगत जाँच गर्ने उद्देश्यले कोहलपुरमा नीजि क्षेत्रमै पहिलो पटक जापानी प्रविधिको अत्याधनिक सुविधा सम्पन्न मेसिन जडान गरिएको छ ।

कोहलपुर नगरपालिका–१० विद्युतरोड स्थित भण्डारी मेडिकलद्वारा सञ्चालित स्वस्तिक प्याथोलोजी सेन्टर प्रालिले होरिबा थ्री पार्ट हेमाटोलोजी एनालाईजर मेसिन जडान गरेकोे हो । सो मेसिनको मंगलबार भण्डारी मेडिकलका प्रवन्ध निर्देशक के.बी.भण्डारीले उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका हुन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाहेक कोहलपुरमै निजी क्षेत्रमा पहिलो पटक करिव ६ लाखको लागतमा ल्याइएको जापानिज प्रविधिको सो मेसिनबाट आरबिसी, डब्लूबिसी लगायत रक्त कोषिका गणना गर्ने र बच्चाबच्चीहरुको रगत जाँच गरिने सञ्चालक बम बहादुर केसीले जानकारी दिए ।

उक्त मेसिनबाट प्रतिघण्टा ६० जनाको रगत जाँच परीक्षण गर्न सकिने सञ्चालक केसीले बताए । यो मेसिन जडासँगैयस क्षेत्रका नागरिकहरुलाई सहज हुने भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २२ गते मंगलबार