स्वास्थ्य संस्थालाई मिनी अस्पतालको अवधारणामा विकास गर्नुपर्ने जोड



नेपालगन्ज/  गाउँ समुदायमै स्थानीय सरकार स्थापना भएपछि सेवा प्रवाहको अवस्थालाई परिवर्तन गरी आधुनिक बनाई प्रभावकारीता बनाउनुपर्नेमा जोड दिइएको छ ।

सेभ द चिल्ड्रेनको सहकार्यमा बाँके युनेस्को क्लबको संयोजनमा इन्द्रपुर स्वास्थ्य चौकीको सोमबार गरिएको सामाजिक परीक्षण कार्यक्रमका सहभागीहरुले सबै अधिकार अब गाउँमा आएपछि परम्परागत स्वास्थ्य सेवा सुधार गरी नयाँ बाटोमा लैजानुपर्ने सुझाव दिएका थिए ।

स्थानीयस्तरमै स्रोत साधनको व्यवस्थापन गरी स्वास्थ्य संस्थालाई मिनि अस्पतालको रुपमा अवधारणा अघि सार्नुपर्नेमा जोड दिँदै सामान्य सिटामोल औषधीको ठाउँमा गुणस्तरिय सलाइन र एन्टीवयोटिक औषधीको व्यव्स्थापन गर्न माग गरेको थिए ।

कार्यक्रममा जानकी गाउँपालिका वडा नं.३ का वडाध्यक्ष विन्देश्वरी वर्माले संघिय संरचना अनुसार स्वास्थ्य सेवामा व्यापक सुधार र व्यवस्थापन गरि प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज गगनसिंह साउदले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा तथा वार्षिक प्रगति तथा समस्याका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणमा देखिएका समस्यालाई समाधान गर्न स्वास्थ्य संस्थामा प्रसुती गृह निमार्ण, भवन निमार्णका लागि जग्गाको खोजी, खानेपानीको व्यवस्थापन, विरामी तथा कुरुवाका लागि विश्रामस्थल निमार्ण, समुदायमा स्वास्थ्य अन्र्तक्रिया संचालन, फोहर व्यवस्थापनका लागि एन्सीलेटर जडान गर्ने ६ बुँदे कार्ययोजना समेत निमार्ण गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ७ गते सोमबार