बर्दिया/ बिगत १८ दिन देखि जुम्लामा अनसनरत डा गोविन्द केसीको माग पुरा गर्न माग गर्दे बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा जन प्रदर्शन गरिएको छ ।
बर्दिया जिल्लाको गुलरियामा बिभिन्न पेशाकर्मिहरु, र सर्वसाधारणहरुले गोविन्द केसिको माग पुरा गर्न माग गर्दे पर्दशन गरेका हुन ।
बिभिन्न किसिमका नाराहरु सहित बजार परिक्रमा समेत गरिएको थियो । गुलरियाकोबसपार्कबाट शुरु भएको पर्दशन राधाकृष्ण चोक, बगलामुखी चोक, विद्युत चोक हुँदै जिल्ला प्रहरी कार्यालय हुदै जिल्ला अदालत अगाडी पुगेर कोण सभा समेत गरिएको छ ।
चिकित्सा शास्त्रमा बिभन्न मागहरु राखि पटक पटक अनसन बस्दै आएका डा गोविन्द केसि पछिल्लो समय जुम्ला पुगेर अनसन बसेका छन ।
पछिल्लो समय सरकारले केसिको माग पुरा गर्नुको साटो बिभन्न नाटकहरु मञ्चन गर्न शुरु गरेका कारण केसिको समर्थनमा जन प्रदर्शन गरिएको समाज सेवी दिनेश प्रसाद श्रेष्टले बताए ।
उनले काठमाण्डौंमा रहेका मेडीकल कलेजहरु माफियाहरुले सञ्चालन गरेको आरोप लगाउँदै केसीको समर्थनमा बर्दिया जस्तै देशभर पर्दशनमा उत्रिएर माग पुरा गराउनु पर्ने बाध्यता रहेको समेत बताए ।









प्रतिक्रिया दिनुहोस्