बाँकेलाई असारभित्रै खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिने



कोहलपुर/ बाँके जिल्लालाई यही असार महिनाभित्रै खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिने भएको छ ।

बाँकेमा रहेको ९३ हजार ४ सय २२ घरधुरीमा सौचालय निर्माण भइसकेकोले जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा लागिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।

नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका प्रमुख राजकुमार चौधरीले पुर्ण रुपमा सौचालय भएको जिल्ला भएकोले यही २८ गते एक समारोहका विच खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न लागिएको बताए ।

प्रथम चरणको कार्यक्रम पूरा गरेको बताउँदै चौधरीले अब दोश्रो चरणको कार्यक्रममा प्रवेश गर्ने लक्ष्य रहेको जानकारी गराए । खानेपानी सरसफाई डिभिजन कार्यालयको रु १ करोड बढि लागतमा बाँके जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न लागेको उनको भनाई थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २६ गते मंगलबार