कोहलपुरलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिने



कोहलपुर/  बाँकेको कोहलपुर नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिँदैछ ।

भोलि (मंगलबार) बिहान कोहलपुर नगरपालिका, नगर स्वास्थ्य शाखा कोहलपुरको प्राङ्गनमा एक भव्य कार्यक्रमको आयोजना गरी खोपयूक्त नरपालिका घोषणा गर्न लागिएको नगर स्वास्थ्य संयोजक धन रेग्मीले जानकारी दिए ।

सोही अवसरमा बिहान ७ बजे नगर स्वास्थ्य शाखा कोहलपुरको प्राङ्गन हुँदै धिताल पेट्रोल पम्पसम्म ¥याली निकालेर बजार परिक्रमा गर्ने र सो ¥याली पुनः नगर स्वास्थ्य शाखा कोहलपुरको प्राङ्गनमा गएर कोणसभामा परिणत हुने संयोजक रेग्मीले बताए ।

उक्त घोषणा कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन नगर स्वास्थ्य शाखाले सबैमा अनुरोध समेत रेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २५ गते सोमबार