बदिर्यामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न



कोहलपुर/  बदिर्याको गेरुवा गाउँपालिका वडा नं. ४ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरकी डा. अस्मिता गौतमको नेतृत्वमा भएको शिविरको गेरुवा गाउँपालिका वडा नं. ४ वडाध्यक्ष बल बहादुर चलाउनेले उद्घाटन गरेका थिए ।

शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधी वितरण गएिको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डा.देवेन्द्र आर्चायले जानकारी दिए ।

शिविरमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा.राजेश केसी, जनरल फिजिसियन डा.अनिल शंखदेव, स्त्रीरोग विशेषज्ञ डा.राम कुमार दास, डा. रेणु शाही, डा.राजेश गिरी, डा. उमेश ढुङ्गाना लगायतको टिमले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा नाक, कान, घाटी तथा स्त्रीरोगका विरामीहरु बढी देखिएको चिकित्सकहरुले बताएका छन् । शिविरमा करिब ४ सय जनाले सेवा लिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २३ गते शनिबार