बैजनाथमा उत्कृष्ट स्वास्थ्य कर्मचारीलाई सम्मान



कोहलपुर/  बाँकेको बैजनाथ गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

मंगलबार गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको बैजनाथ स्वास्थ्य शाखाकी सह संयोजक शोभा अधिकारीले जानकारी दिईन ।

सम्मानित हुने हरुमा चिसापानी स्वास्थ्य चौकीका कार्यालय सहयोगी दुर्गा बहादुर शाही, बनकटुवा प्राथामिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी बुद्धीमाया बस्याल,नौवस्ता स्वास्थ्य चौकीका कार्यालयका सहयोगी लिला बहादुर खत्री,र टिटिहिरिया स्वास्थ्य चौकीकी अ.हे.व खुरुली चौधरी रहेका छन ।

उनीहरुलाई बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले जनही नगद २ हजार ५ सय रुपैया र सम्मान पत्र सहित सम्मान गरेका थिए । सो अवसरमा बैजनाथ गाउँपालिकाका स्वास्थ्य संस्थाहरु पुर्ण परिवार नियोजनका अस्थायी साधन युक्त घोषणा गरिएको थियो ।

सम्मान कार्यक्रममा बैजनाथ गाउँपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु स्वयमसेविकाहरु गाउँपालिकाका कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २१ गते बिहीबार