विश्वव्यापीकरणले धर्म, संस्कृति लगायतका पक्षमा असर पारेको छ । जसको परिणामस्वरुप भाषा, खानपान, पोसाक, पारिवारिक संरचना जस्ता अनेकन पक्षहरूमा एउटा समान संस्कृतिको विकास हुने क्रममा रहेको देखिन्छ । विश्वव्यापीकरणको राजनीतिक क्षेत्रमा समेत ठूलो असर रहेको देखिन्छ । यसको असरबाट कुनै पनि राष्ट्रले चाहेर पनि मुक्त रहन नसक्ने हुनाले उत्पादित असरको रूपमा समेत लिने गरिएको पाइन्छ ।
गम्भीरबहादुर हाडा
विश्वव्यापीकरण विशेषगरी सन् १९८० को दशकदेखि बढी चर्चा र छलफलमा आएको हो । सँगसँगै विश्वभरि यसका सम्बन्धमा मानिसहरूको दृष्टिकोण विभाजित भएको छ । एकथरीले विश्वव्यापीकरण सकारात्मक कुरा हो, त्यसैले यसमा सहभागी हुनुपर्दछ भनेर यसको अन्धाधुन्ध समर्थन गरिरहेका छन् भने अर्काथरीले यसप्रति अत्यन्त नकारात्मक दृष्टिकोण राखी धुवाँधार विरोध गरिरहेका छन् । एकथरीले विश्वव्यापीकरणले कम विकसित मुलुकहरूमा गरिबी बढाएको छ र धनी तथा गरिबबीचको अन्तर झन् फराकिलो बनाएको छ भनेर यसको विरोध गरिरहेका छन् भने अर्काथरीले विश्वव्यापीकरणले विश्वमा समृद्धि ल्याएको छ, यसले धनी र गरिबबीचको अन्तर पनि घटाएको छ भनेर यसका पक्षमा तर्कहरू प्रस्तुत गरिरहेका छन् । यसरी विश्वव्यापीकरण आज विश्वमा उपेक्षा गर्न नसकिने विषय बनेको छ । विश्वव्यापीकरण भनेको मुलुकको अर्थतन्त्र विश्व अर्थतन्त्रसँग आबद्ध हुनु हो । यस्तो आबद्धता बस्तु तथा सेवाको व्यापार र पूँजीको प्रवाहको माध्यमद्वारा हुने गर्दछ । त्यसैगरी जनशक्ति र विचार वा प्रविधिको प्रवाहको माध्यमबाट पनि हुने गर्दछ । विश्वव्यापीकरणले मुलुक–मुलुकबीचको भौगोलिक सिमानालाई गौण गराउँछ वा मुलुक–मुलुकबीच रहेका भौगोलिक सिमानाहरूले बस्तु, सेवा, पूँजी, प्रविधि र जनशक्तिको प्रवाहलाई रोक्न सक्दैन । सिमानाहरूमा हुने यी कुराहरूको आवागमनलाई सकेसम्म सजिलो, छिटो र कम खर्चिलो बनाइन्छ । विज्ञान र प्रविधिको विकासले विश्वव्यापीकरणलाई तीव्रता दिएको छ । सामानहरू आयात÷निर्यात गर्न, भुक्तानी लिन÷दिन र एक ठाउँबाट अर्को ठाउँमा पूँजी प्रवाह गर्न पहिले जस्तो कठिन, खर्चिलो र समय लाग्ने अहिले छैन । पूँजी, प्रविधि, श्रम र मानव समूह जस्ता विभिन्न उत्पादनका साधनहरूको व्यापक प्रयोग तथा त्यस्ता साधनहरूको उचित उपयोगको सन्दर्भमा विश्वव्यापीकरणले जन्म लिएको हो । एक देश अर्को देशसँग कुनै न कुनै सूचना, प्रविधि तथा बस्तुहरूसँग अन्तरनिर्भर रहेका हुन्छन् । जसबाट बस्तु तथा सेवामा सुलभता र मितव्ययी हुन्छ । यस्ता चाहना तथा आवश्यकताहरूलाई परिपूर्ति गर्न, अन्तर्राष्ट्रिय व्यापारमा खुलापन वा स्वतन्त्रपन ल्याउन र अर्थतन्त्रमा आर्थिक विकास ल्याउने आदिजस्ता वातावरण सिर्जना विश्वव्यापीकरणले गर्दछ ।
विश्वव्यापीकरणको शाब्दिक अर्थ ‘विश्व’ र ‘व्यापी’ दुई शब्दको मिलनबाट विश्वव्यापी (न्यिदब)ि शब्द बनेको छ । विश्वव्यापीमा ‘करण’ प्रत्यय लागि विश्वव्यापीकरण बनेको छ । यसको शाब्दिक अर्थमा विश्वभरि, एक देशले अन्य देशमा वा जताततै भन्ने अर्थ जनाउँछ । वेवस्टरले सन् १९४४ मा अँग्रेजीमा ग्लोबलाइज (न्यिदबष्शिभ) शब्दको सर्वप्रथम उनको शब्दकोशमा प्रयोग गरेका थिए । हालसम्म यो शब्द औधी प्रचलनमा आइरहेको छ । आर्थिक विविधिकरण, गरिबी र जनसङ्ख्यामा कटौती तथा राजनीतिक सुधारले मात्र अफ्रिकी देशहरूमा द्वन्द्वलाई कम गर्न सकिन्छ । त्यसको लागि आर्थिक वृद्धिदर बढाउने र रोजगारीको माध्यमद्वारा विद्रोहीको जनशक्ति कम गर्ने, विद्रोहीलाई देशको प्राकृतिक साधन बेच्न अप्ठेरो बनाउने, देशको मूल आम्दानीको स्रोतलाई प्रारम्भिक कच्चापदार्थबाट तयारी बस्तुमा सार्ने तथा सरकारले प्राकृतिक स्रोतबाट गरेको आम्दानीलाई पारदर्शी बनाउने (ब्लथबलधग, द्दण्ण्द्ध) आदि माध्यम प्रयोग गर्न सकिन्छ । आर्थिक अवधारणामा टिकेको छ । एडम स्मिथका अनुसार सुरक्षा, निजी क्षेत्रले हात नहाल्ने ठाउँ र न्याय सम्पादनमा वा मिल्टन फ्रेडम्यानका अनुसार एउटा व्यक्तिले अर्को व्यक्तिको स्वतन्त्रता हनन गरेको अवस्थामा राज्यले नै हेरचाह गर्नुपर्ने वर्गको लागि र प्राविधिक एकाधिकारको अवस्था तोड्न मात्र राज्यले हस्तक्षेप गर्नुपर्दछ भन्ने यसको मान्यता हुन्छ । विश्वव्यापीकरणको मान्यतालाई अहिले मूलरूपमा अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक र विश्वव्यापार संगठनले बोकेका छन् । विश्वव्यापीकरणको सन्दर्भमा दुई किसिमका विचारहरू देखिन्छन् । पहिलो, विश्वव्यापीकरणको समर्थन गर्ने जसलाई न्यिदयउजष्भिक पनि भनिन्छ । दोस्रो, विरोध गर्ने जसलाई न्यिदयउजयदभक पनि भनिन्छ । समर्थन गर्नेहरूको तर्क छ, विश्वव्यापीकरणले व्यापार बढाउँछ, लगानी बढाउँछ, जनताको आम्दानी बढाउँछ र गरिबीबाट उठ्न मद्दत गर्छ । विरोध गर्नेहरूको तर्क छ, यसले गरिब मुलुकहरूलाई झन् गरिब बनाउँछ, गरिब मुलुकको संस्कृति, उद्योगधन्दा आदिलाई नष्ट बनाउँछ ।
विश्वव्यापीकरणद्वारा आफ्नो मुलुकको तीव्र विकास गर्न चाहने हरेक मुलुकले विश्वव्यापीकरणको अभियानमा यथाशीघ्र समाहित भई अगाडि बढ्नुपर्दछ भन्ने गरिएको छ । यसो किन भनिँदैछ भने यस्तो नीतिअन्तर्गत विश्वको कूल व्यापार (आयात तथा निर्यात दुवै) निरन्तर बढ्दै जाने हुनाले यसअन्तर्गत समग्र विश्व उत्पादन पनि त्यही अनुपातमा बढ्दै जान्छ । अर्थात् सम्पूर्ण रूपमा खुला विदेश व्यापारबाट कूल विश्व व्यापार र त्यसको परिणामस्वरुप विश्व उत्पादन तीव्र गतिमा बढ्दछ । यसरी उत्पादन र व्यापार तीव्र गतिमा बढेपछि विश्वको आय तथा रोजगारी पनि त्यसरी नै बढ्दछ । फलस्वरुप मुलुकहरू विकसित र समृद्ध हुँदै जान्छन् र सँगसँगै गरिबी र बेरोजगारी पनि हट्दै जान्छ । विश्वव्यापीकरणको अर्को तर्क के छ भने कुनै बस्तु सस्तोमा विदेशमा उपलब्ध हुन्छ भने त्यही बस्तु महँगोमा आफ्नो मुलुकमा उत्पादन गर्नु बुद्धिमानी हुँदैन । त्यसैले आफूले उत्पादन गर्दा महँगो पर्ने तर विदेशमा सस्तोमा पाइने बस्तुहरू आफैँले उत्पादन नगरी सस्तोमा विदेशबाट आयात गर्नु बुद्धिमानी हुन्छ ।उपभोक्ताहरूको हितका निम्ति यसो गर्नु जरुरी हुन्छ । उच्च गुणस्तरीय उत्पादन सस्तोमा उपभोग गर्न पाउनुपर्ने आम उपभोक्ताहरूको अधिकार नै हो । त्यसो नगरी देशभित्रै न्यून गुणस्तरका उत्पादनहरू महँगोमा उपभोग गर्न बाध्य पार्नु सर्वथा अनुचित कुरा हो । यसो गर्नु एक अर्थमा उनीहरूको मानवअधिकारको हनन पनि हो ।
विश्वव्यापीकरणको पक्षमा अर्को तर्क के छ भने अल्पविकसित मुलुकहरूको तीव्र विकासका निम्ति ठूलो स्तरको लगानीको आवश्यकता पर्ने तर यस्ता मुलुकहरूले वैदेशिक लगानी पनि आकर्षित गर्न नसक्ने र आफूसँग भएको साधनले नपुग्ने भएकोले पनि यी मुलुकहरूको विकास हुन नसकेको हो । त्यसैले विकासको मन्दतालाई चिरेर तीव्र गतिमा विकासलाई अगाडि बढाउन उनीहरूलाई विदेशी लगानीको आवश्यकता हुन्छ र त्यस्तो लगानी उनीहरूले विश्वव्यापीकरणको नीति अवलम्बन गरेपछि मात्र पाउन सक्दछन् । यस सन्दर्भमा पनि माथि उल्लेखित मुलुकहरूको नै उदाहरण दिने गरिन्छ । विश्वव्यापीकरणको अपरिहार्यताका बारेमा अरु तर्कहरू पनि अगाडि सार्ने गरिएको छ । जस्तो कि, अहिलेको विश्वमा सूचना तथा सञ्चारको क्षेत्रमा अकल्पनीय विकास भएको छ । यसले हर क्षेत्रका सूचनाहरूलाई तत्काल विश्वभर पु¥याउने हुनाले विश्वका जनताले दुनियाँका कुनाकुनामा भइरहेका आर्थिक तथा अन्य घटनाहरू तत्काल थाहा पाउँदछन् । यसले दुनियाँ स्वभाविक रूपमा विश्वव्यापीकरणतर्फ उन्मुख भइरहेको कुराको संकेत गर्दछ ।
त्यसैगरी अहिले विकसित मुलुकहरूमा वृद्धहरूको सङ्ख्या बढ्दै गइरहेको र सक्रिय जनशक्तिको सङ्ख्या घट्दै गइरहेकोले अधिक जनशक्ति भएका अल्पविकसित मुलुकहरूबाट करोडौँको सङ्ख्यामा दक्ष–अदक्ष जनशक्ति विकसित र ज्याला बढी हुने मुलुकहरूमा रोजगारीका लागि गइरहेको छ । विश्वव्यापीकरणको अर्को पक्षलाई केलाएर हेर्दा यसमा विकसित मुलुकहरूको ठूलो स्वार्थ लुकेको छर्लङ्ग देखिन्छ । अमेरिका, युरोप, जापान लगायतका विकसित मुलुकहरूमा अकुत पूँजी एकत्रित भएको छ । त्यहाँ विज्ञान तथा प्रविधि र औद्योगिक विकास उत्कर्षमा पुगेको छ । ती मुलुकका जनता तथा सरकारहरू पनि उत्तिकै सम्पन्न र समृद्ध छन् । त्यो अवस्थालाई उनीहरूले निरन्तरता मात्र दिनु छैन, त्यसमा अरु उचाइ थप्नु छ । उनीहरूले यो सम्पन्नता र समृद्धि आफ्ना औद्योगिक उत्पादन, प्रविधि, पूँजी र व्यवस्थापन दक्षतालाई विशेष गरी एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकी मुलुकहरूमा निर्यात र लगानी गरेर एकत्रित गरेका हुन् । विगतमा आफ्ना उपनिवेशहरूको दोहन गरेर थुपारेका हुन् । आफ्ना उपनिवेशहरूबाट कच्चापदार्थ तथा अन्य प्राकृतिक सम्पदाहरू लगी विभिन्न बस्तुहरू उत्पादन गरेर ती वस्तु तिनै मुलुकहरूमा चर्को मूल्यमा बिक्री गरेर आर्जन गरेका हुन् । अर्थात् समग्रमा उनीहरूको विकास, सम्पन्नता र समृद्धि आफ्ना औद्योगिक उत्पादन, प्रविधि तथा पूँजी अन्य मुलुकहरूमा बिक्री र लगानी गरेर हासिल भएको हो । आफ्नै मुलुकभित्र मात्र बिक्री, उपयोग र लगानी गरेर हासिल भएको होइन, आफ्नै आन्तरिक बजारभित्रबाट मात्र यो सम्भव थिएन । त्यसैले उनीहरूको विकास, सम्पन्नता र समृद्धि बढाउनका लागि बाह्य बजार नै मूल तत्व र प्रमुख आवश्यकताको कुरा हो । त्यसबाट नै उनीहरूले आजको समृद्ध अवस्था हासिल गरेका हुनाले यो अवस्थाको निरन्तरता तथा अरु उच्चस्तर हासिल गर्नका निम्ति उनीहरूलाई बाह्य बजार प्रमुख आवश्यकताको कुरा हुन्छ । त्यसैले यो विश्वव्यापीकरणको अभियान उनीहरूको औद्योगिक उत्पादन, प्रविधि तथा पूँजी विकासशील मुलुकहरूको बजारमा प्रवेश गराउने अभियान हो । बजार विस्तार गरी आफ्नो अझ उच्चस्तरको विकास र थप समृद्धिलाई सुनिश्चितता प्रदान गर्ने अभियान हो । निश्चित विषय, प्रविधि वा पद्धतिलाई हेर्ने विश्व दृष्टिकोणमा समानता हुनु र उक्त मुद्दाले अन्तरसम्बन्धित एकभन्दा बढी मूल्यमा असर पर्नु विश्वव्यापीकरण हो । विश्वव्यापीकरण एक अर्थमा सीमाविहीन गतिविधिको प्रभाव हो भने अर्को अर्थमा पारस्परिक परनिर्भरता हो । खासगरी विश्वव्यापीकरण पूँजी प्रविधि र सीपको फैलावटसँग सम्बन्धित छ । बढ्दो आर्थिक क्रियाकलाप, उद्योगभन्दा र जनसांख्यिक आप्रवाहमा आएको विश्वव्यापी परिवर्तनलाई विश्वव्यापीकरणको रूपमा बुझिन्छ । जसलाई उदारीकरण, पश्चिमीकरण आदिका रूपमा पनि बुझिने गरिएको छ । विश्वव्यापीकरणको सन्दर्भ अन्तर्राष्ट्रिय सहयोग र वैदेशिक लगानीसँगै अगाडि बढेको हो । क्षेत्रीय तथा विश्वव्यापी आर्थिक सामाजिक संगठनहरूको सक्रियताले यसलाई व्यापक गहिराइका सन्दर्भमा सूचना प्रविधि र बैंकिङ्ग क्षेत्रमा भएको व्यापक विकासले अझ सुदृढ गरायो । बढ्दा सहरीकरण, नयाँ नयाँ प्रविधिको विकास र अन्तर्राष्ट्रिय रोजगार बजारका माध्यमबाट विश्वका मुलुकहरू परस्पर अन्तरनिर्भर बन्न पुगे ।
विश्वव्यापीकरणले उच्च गुणस्तरका औद्योगिक उत्पादन, पूँजी, प्रविधि तथा व्यवस्थापन दक्षता विश्वका जुनसुकै मुलुकमा पनि निर्वाध रूपमा जान पाउनुपर्दछ भन्ने जुन अवधारणा बोकेको छ, त्यसबाट यी कुराहरू प्रचुर मात्रामा हुनेहरूलाई निश्चित रूपमा लाभ पु¥याउँछ र पु¥याइरहेको पनि छ । अहिलेका विपन्न मुलुकहरूसँग पनि यी कुराहरू प्रचुर मात्रामा भइदिएको भए विश्वव्यापीकरणको उपरोक्त प्रावधानअनुसार यिनीहरूले पनि त्यसबाट भरपुर लाभ लिन पाउने थिए । तर, यिनै कुराहरूको अभाव भएकोले नै यी मुलुकहरू विपन्न, गरिब, अतिकम विकसित र पछौटे रहन गएका हुनाले विश्वव्यापीकरणबाट उनीहरूले लाभ पाउने गुञ्जायस नै छैन । यो प्रमाणित सत्य हो कि जोसँग धेरै बिक्रीयोग्य कुराहरू छन् उसले नै विश्वव्यापीकरणबाट फाइदा लिन सक्दछ । त्यसैले वर्तमानमा विश्वव्यापीकरणबाट उच्च गुणस्तरीय औद्योगिक उत्पादन, विविध किसिमका प्रविधिहरू, झण्डै असीमित पूँजी तथा उच्चस्तरीय व्यवस्थापन दक्षता भएका विकसित मुलुकहरूले नै एकतर्फी रूपमा लाभ उठाइरहेका छन् । त्यो लाभ देखेर नै उनीहरूले यसलाई योजनाबद्ध रूपमा कम विकसित मुलुकहरूमा आक्रामक ढंगले अगाडि बढाइरहेका छन् । विश्वव्यापीकरण भनेको बस्तु, सेवा, पूँजी र श्रमशक्तिको अन्तर्राष्ट्रिय एकीकरण हो । अर्थात् यी कुराहरूको मुलुकमुलुकबीच हुने आवागमनलाई निर्वाध र सहज तुल्याउनु हो । बस्तु, सेवा, पूँजी, प्रविधि र जनशक्तिलाई अधिक भएको मुलुकहरूबाट तिनको अभाव भएका मुलुकहरूमा सहज र सुरक्षित रूपमा ओहोरदोहोर गर्न दिइनु हो । अर्थात् यी कुराहरूको माग वा प्रतिफल कम वा हुँदै नभएका मुलुकहरूबाट बढी भएका मुलुकहरूमा सहज, सरल र सुरक्षित रूपमा जान दिइनु हो । यसले बस्तु, सेवा, पूँजी, प्रविधि र जनशक्तिको ओहोरदोहोरमा कुनै भौगोलिक सीमाले अवरोध गर्नुहुँदैन भन्ने मान्यता राख्दछ । विश्वव्यापीकरणले धर्म, संस्कृति लगायतका पक्षमा असर पारेको छ । जसको परिणामस्वरुप भाषा, खानपान, पोसाक, पारिवारिक संरचना जस्ता अनेकन पक्षहरूमा एउटा समान संस्कृतिको विकास हुने क्रममा रहेको देखिन्छ । विश्वव्यापीकरणको राजनीतिक क्षेत्रमा समेत ठूलो असर रहेको देखिन्छ । यसको असरबाट कुनै पनि राष्ट्रले चाहेर पनि मुक्त रहन नसक्ने हुनाले उत्पादित असरको रूपमा समेत लिने गरिएको पाइन्छ । राजनीतिक व्यवस्थामा यसले पार्ने असर राज्यहरूको बीचमा स्वतः बढ्न जान अन्तरक्रियाको कारणले हो जहाँ बाहिरी दबाबको सामना गर्नुपर्दछ ।
त्यसैले केही विद्वान्हरूले त विश्वव्यापीकरणले राज्यहरूको आन्तरिक स्वायत्ततामा नै आघात पु¥याएको छ भन्ने गर्दछन् । अर्कोतर्फ संस्थागत पुनर्संरचना, बेरोजगारी जस्ता पक्षहरू समस्याको रूपमा अन्तर्राष्ट्रिय रुपमै प्रवाहित हुने क्रमले कुनै पनि विकसित र विकासोन्मुख राष्ट्रको राजनीतिक व्यवस्था अप्रभावित रहन सकेको छैन । पृष्ठभूमिमा हामीले उल्लेख गरिसक्यौँ कि वर्लिनको पर्खाल भत्किनुसँग विश्वव्यापीकरणलाई आबद्ध गर्ने गरिएको छ । त्यसैले विद्वान्हरू खुला र उदार प्रजातान्त्रिक व्यवस्थालाई यसले समर्थन गर्ने र अधिनायकवाद तथा एकतन्त्रीय व्यवस्थालाई प्रत्यक्ष वा परोक्ष रूपमा दुरुत्साहन गर्छ भन्ने धारणा राख्ने गरिएको पाइन्छ ।









प्रतिक्रिया दिनुहोस्