कोहलपुर,२५ माघ/ ‘कोहलपुर औद्योगिक ब्यापार मेला तथा पर्यटन महोत्सव २०७४’ को भोलि कोहलपुरको न्यूरोड मैदानमा औपचारिक रुपमा उद्घाटन गरिदै छ ।
“देश निर्माणमा उद्योग ब्यापारको आवश्यकता,व्यावसायिक हितसँगै सामाजिक एकता” भन्ने मूल नारा सहित यही माघ २६ गते देखि आगामी फाल्गुण ८ गते सम्म सञ्चालन हुने महोत्सवको उद्घाटन बाँके क्षेत्र न. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज (अथक) ले गर्ने कार्यक्रम तय भएको महोत्सव मूल आयोजक समितिका संयोजक चक्र बहादुर अधिकारीले बताए ।
त्यस्तै मूल समितिका सदस्य सचिव एवं महोत्सव सचिवालय संयोजक तेज प्रसाद अधिकारीले भोलि महोत्सव उद्घाट अघि कोहलपुरको चौराहबाट विभिन्न झाँकी ,¥याली, पञ्चकन्या कलश, शसस्त्र प्रहरीको बाण्डबाजाको टोली, विभिन्न संघ संस्थाहरुको ब्यानर सहितको टोली विद्यालयका टोली सहित हात्ती सवार समेतको झाँकी ¥यालीले कोहलपुरको पिपल चौतारा सम्म परिक्रम गरी महोत्सव स्थल न्यूरोड आई औपचारिक कार्यक्रममा परिणत हुने जानकारी गराएका छन् ।









प्रतिक्रिया दिनुहोस्