पञ्चमुखी स्कुलमा अभिभावक दिवस



दिपेन्द्र खड्का । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–५ स्थित रहेको पञ्चमुखी ईमी सेकेन्डरी स्कुलले वार्षिक कार्यक्रम र अभिभावक दिवस मनाएको छ । मंगलबार विद्यालयले एक कार्यक्रमकाबीच वार्षिक कार्यक्रम र अभिभावक दिवस मनाएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले विद्यार्थीहरूका सिर्जनशीलताले सबैको ध्यान खिचेको बताए। अभिभावकहरूले पनि वर्षभर आफ्ना बालबालिकाले गरेका प्रगति र प्रतिभा हेर्ने अवसर विद्यालयले जुराएको उल्लेख गरे ।

कोहलपुर नगरपालिकाले शैक्षिक क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउँदै उनले विद्यालयले त्यसलाई आत्मसात् गर्ने विश्वास लिएको बताए ।विद्यालयका प्रबन्धक निर्देशक किशोरराज मल्लले विद्यालयको वार्षिक कार्यतालिकाअनुसार अभिभावक दिवस मनाइएको जानकारी दिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार