कोहलपुर :
बाँकेको कोहलपुर नगरपालिका घर बताउने एक गुमाएका युवा भारतको उत्तर प्रदेशमा अलपत्र परेका छन् । उनी हाल भारतमा रहेको र उनको अवस्थामा बेवारिसे रहेको सामाजिक सञ्जालमा उक्त प्रदेशबाट भिडियो सन्देश पोष्ट गरिएको छ ।
उक्त फोटो र भिडियो हेर्दा उनी मानसिक सन्तुलन सन्तुलन ठिक नभएको जस्ता देखिन्छन् । कसैले उनको हातमा लड्डु राखिदिएको छ । यतायता हेरिरहेका छन् ।
उत्तर प्रदेशबाट फेसबुकमा ‘अभिड मल्लिक अग्रहरी’ नाम गरेका प्रयोगकर्ताले भिडियो सन्देशमा भनेका छन्,‘ उनको नाम इश्वर हो, उनी नेपालका हुन् । अहिले भारतको उत्तर प्रदेश अपरोवा जिल्ला, गाउँ कस्बाऔ झारीमा छन् ।’
उनले ती भाइको कसैलाई थाहा छ भने मलाइ जानकारी गराउनु होला भनेर आग्रह गरेका छन् । ती प्रयोगकर्ताका अनुसार उनी बाँकेको कोहलपुर घर बताउँछन् ।आफ्नो इश्वर बताएका छन् ।
बुबाको नाम चक्र र आमाको नाम शान्ति बताउँछन् ।यस्तै उनले आफ्नो भिडियो सन्देशमा इश्वरलाई चिन्ने, उसका आफन्तले आफूलाई जानकारी गराउन समेत अपिल गरेका छन् ।यस्तै अहिले बाँकेका फेसबुक प्रयोगकर्ताहरुले उनको बारेमा सहयोग गरिदिन स्ट्याटस पोष्ट गरिरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्