21 June 2021  |   सोमवार, असार ७, २०७८

मटेहियामा भीषण आगलागी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २१, २०७४  

कोहलपुर, २१ बैशाख / बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिका वडा नं. ५ मटेहियाको हुलासपूरवा गाउँमा बुधबार भिषण आगलागी भएको छ ।
बुधबार दिउँसो २ बजे भएको आगलागीका कारण २५ घर ५ गोठ १ घुम्ति पसल जलेर नष्ट भएको बाँकेका प्रहरी उपरिक्षक टेक प्रसाद राईले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको राईले जानकारी दिए ।
आगो नियन्त्रणका लागी नेपालगन्ज उपमहानगर— पालीकाको दमकल भारतीय बाटो हुँदै गएपनि समयमै पुग्न नसकेका कारण धेरै क्षति भएको प्रहरीले जनाएको छ । निकै ढिलो गरेर दमकल पुग्दा सम्म आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।
भारतको सीमा सँग जोडिएको उक्त गाउँमा १ सय ५० घरधुरी रहेका छन् । दिउँसो साढे १ बजे बच्चलाल चमारको घरबाट लागेको आगो ५ घण्टा पछी मात्रै नियन्त्रणमा आएको थियो । आगलागीका कारण मानवीय क्षति नभएपनि अन्नपात र लत्ता कपडा सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख २१, २०७४     11:45:30 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *