तुलसी पौडेल ।
गीत, कविता, हाइकु , मुक्तक र संस्मरण जस्ता विधामा कलम चलाउँदै आएका बद्री ढकाल लामो समयदेखि साहित्य लेखनमा सक्रिय छन् । उनका लघुकविता ९हाइकु० सङ्ग्रह दामको पूजा ९२०७०० र ठ्यौको ९२०७८० दुई प्रकाशित कृतिहरू हुन् । वि।सं।२०८२ सालमा प्रकाशित कृति लघुकथा सङ्ग्रह मुकुर ९क्उभअगगिm० उनको तेस्रो द्विभाषिक साहित्य सिर्जना हो । आकारमा सानो तर भाव र विचारमा गहिरो प्रभाव छोड्न सक्ने एउटा छोटो साहित्यिक विधा लघुकथा हो । लघुकथा जुन आफैँमा पूर्ण कथा हुन्छ र पाठकलाई एकै पटक शक्ति दिन सक्छ । राम्रो कथामा जीवनको एउटा महत्वपूर्ण क्षण वा समाजको पाटोलाई छोटो, सरल र चोटिलो भाषामा प्रस्तुत गरिएको हुन्छ । उक्त परिभाषालाई ध्यानमा राखि विधागत संरचनाका दृष्टिले हेर्दा मुकुरमा रहेका कथाहरू सरल देखिन्छन् । साहित्यकार बद्री ढकाल हिरामणि द्वारा रचित यस कथा सङ्ग्रहमा जम्मा ४६ वटा कथाहरू छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले प्रकाशन गरेको यस कथा सङ्ग्रहमा समसामयिक, राजनीतिक, सामाजिक, शैक्षिक आदि विविध विषयवस्तुमा आधारित कथाहरू समावेश गरिएका छन् । जसरी विभिन्न प्रजातिका फूलहरु रोपेर एउटा सुन्दर बगैँचा बनाए जस्तै फरक फरक प्रकृतिका विषयवस्तु उनेर पाठकको मनलाई आकर्षित गर्ने किसिमका कथाहरुको रचना गरिएको छ । यस सङ्ग्रहको पहिलो कथा हो ‘क्रान्ति’ जुन राजनीति विषयवस्तुसँग जोडिएको छ । वर्तमान अवस्थामा वामपन्थी राजनीति क्षेत्रमा देखिएको फरकपनाको चित्रण गर्नुका साथै सुधारको सन्देश दिने व्यक्तिलाई शङ्काको दृष्टिकोणले हेर्ने प्रवृत्ति रहेको तर्फ सङ्केत गर्दै सिद्धान्त र व्यवहारको बिचमा तालमेल मिल्नुपर्ने सन्देश कथामा छ । यसले वर्तमान वामपन्थी राजनीतिलाई चोटिलो तरिकाले व्यङ्य गरेको छ ।
दोस्रो कथा ‘स्वतन्त्रता’ मा मुलुकमा प्रजातन्त्र आएको भएता पनि कर्मचारी एवम् जनताले त्यस अनुसार काम गर्ने अवसर पाएको छैन ।विद्यालयमा समेत दलका नाममा चन्दा आतङ्क भइरहेको छ, प्रधानाध्यापकहरूले पनि पार्टीमा लेवी चन्दा बुझाएर आफ्नो पद जोगाउनु पर्ने बाध्यता रहेको भयावह अवस्थाको चित्रण गर्दै व्यापक सुधारको आवश्यकता रहेको सङ्केत गरेका छन् । यसरी विद्यालयमा चन्दा आतङ्क गर्न नहुने सन्देश यस कथाले दिन खोजेको देखिन्छ । वैज्ञानिक विषयवस्तु संलग्न कथामै ‘महान्’ मा वैज्ञानिक आविष्कारको प्रयोग मानिस मार्नका लागि होइन, मानव कल्याणका लागि हुनु पर्छ भन्ने मानवतावादी सन्देश प्रस्तुत गरिएको छ । विश्वका धनी राष्ट्रहरुमा देखिएको हतियारको होडबाजी तर्फ व्यङ्ग्य गरिएको छ । ‘प्रतिफल’ कथाले शिक्षाक्षेत्रमा देखिएको विकृति र विसङ्गतिहरूलाई चर्चा गर्दै भाषिक जरिवाना र दण्ड मात्र नभई मातृभूमि अनुकूल वैज्ञानिक ज्ञान सिप र कौशल भएका विद्यार्थी उत्पादनमा राज्यले ध्यान दिनुपर्ने छ । विद्यालयले पनि त्यसै अनुरुपको वातावरण निर्माण गर्नुपर्ने सन्देश यस कथाले दिएको छ । अङग्रेजी भाषाको भूत चढेका केही आधुनिक विद्यालयका पठनपाठन तरिकामा कडा व्यङ्ग्य प्रहार गरिएको छ । कथा ‘अनुशासन’ चाँहि शैक्षिक विषयवस्तुलाई लिएर रचना गरिएको कथा हो । विद्यार्थीलाई अनुशासित बनाउन विद्यालयको मात्र भूमिका होइन, अभिभावकको अझ महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा प्रस्तुत गर्दै हरेक अभिभावकलाई कर्तव्यबोध गराउन राम्रो सन्देश प्रस्तुत गरिएको छ । ‘श्राद्ध’ धार्मिक विषयवस्तुसँग जोडिएको कथा हो । पुरोहितले कर्मकाण्ड गर्दा दक्षिणालाई भन्दा विधिलाई ध्यान दिनु पर्ने हो तर दक्षिणाको लोभले गर्दा वास्तविक कर्मकाण्ड विर्सदैँ गएको छ ।
धार्मिक क्षेत्रलाई कमाउ धन्दा बनाएको, धर्म गुरुले यस्तो व्यवहार गर्नु हुँदैन । अज्ञानी, लोभी पण्डितका कारण धार्मिक क्षेत्रमा विकृति बढ्दै गएको तर्फ कथाले चिन्ता व्यक्त गरेको छ । ‘झोला’ कथाले सिकाइ के हो रु भन्ने विषयमा प्रष्ट पार्दै सिकाइ झोला भित्र राखिएका पाठ्यपुस्तकको ज्ञान मात्र होइन, झोला बाहिरका विषयको ज्ञान पनि सिकाइ हो । यस तर्फ विद्यालय, शिक्षक र अभिभावकले ध्यान दिनु पर्ने सन्देश यस कथामा उनिएको छ । कथा ‘अहङ्कार’ मा घमण्डले जीवन कसरि तहसनहस हुन्छ भन्ने देखाइएको छ । घमण्ड मानव जीवनको बर्वादी हो भन्ने कथावस्तुका साथ अभिमानी व्यक्ति कहिल्यै सफल हुँदैन भन्ने कुरा अलङ्कारिक रुपमा प्रस्तुत गरिएको छ । ‘दिगो विकास’ कथामा गणतन्त्रको आगमन पश्चात मुलुकमा सोचे अनुसारको विकास हुन नसकेको, कमिसनको खेलले गर्दा निर्माण गरिएका भौतिक संरचना कमजोर हुने गरेको , उद्घाटन नहुँदै ध्वस्त हुने भौतिक संरचना बनाएर राष्ट्रिय सम्पत्तीको दुरुपयोग गरेको र कथावस्तु प्रस्तुत गर्दै राष्ट्रिय सम्पत्तिको सदुपयोग गर्न सरोकारवालाहरू सजग र सतर्क रहनु पर्ने तर्फ सङ्केत गरेको हो । ‘गुरु’ नामक कथाको माध्यमबाट गुरुलाई कहिल्यै पनि अपमान गर्न हुँदैन । शिक्षाको अस्तित्व जोगाउनका लागि गुरुको अस्तित्व पनि जोगिनु पर्दछ भन्ने सन्देश प्रवाह गरिएको छ । ‘भान्सा’ कथामा मानिसमा अतिथि सत्कारको भावना हराउँदै गएको, एक दिन कुनै अतिथि आयो भने त्यसले परिवारमा ठुलो द्वन्द्व सिर्जना हुने गरेको तर्फ सङ्केत गर्दै हामीले हाम्रो प्राचिन संस्कार अतिथि देवोः भवः तर्फ ध्यान दिनु पर्छ भन्ने सन्देश प्रस्तुत कथामा दिइएको छ । ‘ सिलिण्डर ’ एक चेतनामूलक कथा हो सिलिण्डरको प्रयोग गर्दा ध्यान दिनुपर्ने चेतनामुलक सन्देश प्रस्तुत कथामा दिइएको छ ।
‘सन्देश’ एक समसामयिक विषयवस्तुमा आधारित चेतनामूलक र सन्देश मूलक कथा हो । जसमा साइवर अपराधमा मानिसहरु कसरी ठगिन्छन् र कसरी अपराधीहरुको सिकार हुन्छन् भन्ने विषयलाई रोचक ढङ्गले प्रस्तुत गर्दै यस्ता अपराधीबाट सतर्क हुनु पर्दछ भन्ने सन्देश प्रस्तुत गरिएको छ । चेतनामुलक कथा ‘सङ्कट मोचन’ मा अन्धविश्वासका नाममा जोखिम मोल्न नहुने सन्देश प्रस्तुत गरिएको छ । ‘पूण्य’ कथा धर्मसँग जोडिएको चेतनामूलक कथामा भगवान भक्त त हुनुहोस् तर अन्धभक्त नहुनुहोस् । टाढाको तीर्थ भन्दा आफ्नै देशका तीर्थ एवम् पर्यटकीय स्थलहरुलाई महत्त्व दिनुहोस् भन्ने सन्देश प्रस्तुत गरिएको छ । मोवाइल फोनले बालबालिकामा पारेको नकारात्मक प्रभावको चित्रण ‘विर्सदा’ नामक कथामा गरिएको छ । ‘डिजिटल युद्ध’ पनि एक चेतनामुलक कथा हो । यस कथाको माध्यमबाट एआई प्रविधिको दुरुपयोगले निम्त्याउन सक्ने खतराका वारेमा चित्रण गर्दै यसको उपयोगमा ध्यान दिनुपर्ने सन्देश प्रस्तुत गरिएको छ । प्रेमका नाममा हुने विकृतिको चर्चा अस्तव्यस्तता नामक कथामा गरिएको छ । ‘जादुगर’ कथा शैक्षिक समस्यासँग जोडिएको निकै महत्वपूर्ण कथा हो । यस कथामा विज्ञान शिक्षकलाई दिनु पर्ने सेवा सुविधा जुटाउनका लागि प्रधानध्यापकले खेलेको भूमिका एवम् उनको वौद्धिकताको चित्रण गर्दै विषयगत शिक्षकको अभावमा आवश्यकता अनुसार दरबन्दी नहुँदा विद्यालयले पठनपाठन सञ्चालनमा भोग्ने गरेको दयनीय समस्याको उठान यस कथामा गरिएको छ । ‘सृष्टि’ वैज्ञानिक विषयवस्तुसँग जोडिएको कथा हो । यस कथाले शवगृहलाई आफ्नो परिवेश बनाउँदै यन्त्रमानवको आविष्कार यसको गलत ढङ्गले प्रयोग गर्नाले मानव अस्तित्त्व नै धरापमा पर्न सक्ने सङ्केत गरेको छ । यसको प्रयोगमा उच्च सतर्कता अपनाउनु पर्छ भन्ने सन्देश प्रवाह गरिएको छ ।
‘भावना’ नामक कथामा खुसी भन्ने चिज एउटा भावना हो यो अन्यत्र होइन आफैँ भित्र खोज्नु पर्छ भन्ने सन्देश प्रस्तुत गरिएको छ । ‘आकृति’ नामक कथामा संसार र समाजको निर्माण सबै जातजाति र भाषाभाषिको समान भूमिका हुने भएकाले सबैको अस्तित्वलाई स्वीकार्न पर्ने विषयलाई इन्द्रेणी मार्फत प्रस्तुत गरिएको छ । जसरी सातवटा रङ मिलेर इन्द्रेणी बन्छ त्यसरी नै यस सृष्टिको रचना भएकाले , जातजाति ,भाषा,धर्म संस्कृति र पूँजी आदिका आधारमा हुने विभेदको अन्त्य गर्दै समावेशी चरित्रको समाजको परिकल्पना यस कथाले गरेको छ । यहाँ कसैले म मात्र ठुलो हुँ भन्न नहुने सबैले सबैको अस्तित्व स्विकार्न पर्ने तर्फ सङ्केत गरेको छ । ‘समझदारी’ एक लैङ्गिक उत्पीडन महिला हिंसासँग जोडिएको कथा हो । आफैले काम गर्ने कार्यालय क्षेत्रमा महिलाहरुलाई हेर्ने दृष्टिकोण निकै कमजोर भएको । महिलाहरुलाई मनोरञ्जनको पात्र बनाउने गरिएको महिलाहरु अहिले पनि लैङ्गिक उत्पीडनको सिकार हुने गरेको तर्फ सङ्केत गर्दै महिला अधिकार र लैङ्गिक हिंसाका विरुद्धमा हामी उभिनु पर्ने सन्देश दिइएको छ । आज भोलि उपचारका नाममा हुने गरेको लुट धन्दाको पर्दाफास ‘ज्वरो’ कथामा गरिएको छ । अस्पतालमा जाँदा आफू पनि सतर्क हुनुपर्ने सन्देश यस कथाले व्यक्त गरेको छ । ‘आमा’ समसामयिक विषयवस्तुमा आधारित सन्देश मूलक कथा हो । आमाको माया कति कति महान हुन्छ जुन सन्तानले आफ्नै जन्म दिने आमालाई वृद्धाश्रम पठाउँछ त्यही सन्तानका लागि आमाले कसरी माया दर्साउछिन् भन्ने विषयलाई कथामा प्रस्तुत गरिएको छ । कुनै पनि सन्तानले श्रीमतीको पछि लागेर आमा त्याग्ने काम गर्नु हुँदैन । बाबु आमाको साहारा बन्नु नै असल सन्तानको कर्तव्य हो भन्ने शिक्षा उक्त कथाले दिएको छ । ‘जुक्ति’ कथामा जुक्तिले काम गर्नु पर्छ जुक्तिले काम गरियो भने असजिलो काम पनि सजिलैसँग गर्न सकिन्छ थोरै मेहनतबाट पनि धेरै उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने सन्देश प्रस्तुत कथाले दिइएको छ ।
आफ्नै सन्तानबाट आमा कसरी लुटिन्छन् भन्ने विषयको चित्रण ‘बकस’ नामक कथामा गरिएको छ । सम्पत्तीको लोभले आफ्नै सन्तानले आमालाई घात गरेर बुढेसकालमा सम्पत्ती बिहिन बनाएको दयनीय अवस्थाको चित्रण यस कथामा गरिएको छ । मानवता’ कथामा मानवता हराउँदै गएको आजको जमानामा बैंकमा सेवा लिन आएको एउटा बृद्धलाई उनकै छोराले छलकपट गरिरहेको अवस्थामा बृद्ध मानिसको दयनिय अवस्था देखेर बैकंमा कर्मचारीले देखाएको मानवीय व्यवहारको चर्चा गर्दै आफूलाई जन्म दिने बाबु आमा माथि कुनै पनि सन्तानले यो व्यवहार गर्नु हुदैन भन्ने सन्देश प्रस्तुत गरिएको छ । ‘पार्टी’ नामक कथामा बालविकास कक्षामा अध्यापन गर्ने शिक्षिका माथि विद्यालयले गर्ने गरेको शोषणको चर्चा गर्दै विद्यालयमा हुने गरेको राजनीतिक हस्तक्षेप विद्यालय व्यवस्थापन समितिले शिक्षक शिक्षिकाहरु माथि गर्ने अमानविय व्यवहार उनीहरूको कारुणिक अवस्थाको चित्रण गर्दै राजनीति मुक्त विद्यालयको परिकल्पना गरिएको छ । ‘दलित’ कथामा जातिय छुवाछुत मानव इतिहासको कलङ्क हो । यसलाई समाजबाट सदाका लागि हटाउनु पर्दछ भन्दै जातीय भेदभावमुक्त समाजको निर्माणमा हामी सबै लाग्नुपर्छ भन्ने सन्देश प्रस्तुत कथामा दिइएको छ । शिक्षक जीवनमा आर्थिक अभाव हुने गरेको थोरै रकमबाट घर गुजारा गर्नु पर्ने बाध्यात्मक अवस्थाको चित्रण ‘धन कि विद्या’ नामक कथामा प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारीले परिवारमा उत्पन्न गरेको समस्याको चित्रणका साथै परिवार र मानव जीवनमा संस्कारको महत्वलाई झल्काउने प्रयास ‘संस्कार’ नामक कथामा गरिएको छ । सन्तानहरु विदेसिदा बाआमाहरु एक्लिदै गएको वर्तमान अवस्था हाम्रो नेपाली समाजको अवस्था छर्लङ्ग चित्रण कथामा गरिएको छ ।
सन्तानहरु आमा बाबुका लागि बुढेसकालका साहरा हुन् भन्ने विषयलाई अहिले सन्तानले विर्सदै गएको प्रति कथाले सचेत गराएको छ । ‘समाधान’ यो शिक्षाक्षेत्रसँग जोडिएको सन्देशमूलक कथा हो । आजभोलिका विद्यार्थीहरुमा पढाइ प्रति चासो घट्दै गएको विषय प्रस्तुत गर्दै पब्जी खेलको दुरुपयोगले विद्यार्थीको जीवन कसरी तहसनहस हुन्छ भन्ने विषयलाई प्रस्तुत गरेका छन् । आफ्ना बालबालिका क्रियाकलापमा अभिभावले ध्यान दिनुपर्छ अन्यथा यस्ता कुलतले बालबालिकाको भविष्य नै वर्वाद हुन्छ भन्ने सन्देश प्रस्तुत कथामा दिइएको छ । हामी जुन काम गर्दछौं त्यही काममा हाम्रो ध्यान हुनु पर्दछ त्यसो नभए हामी आफ्नो कार्यक्षेत्रमा सफल हुन सक्दैनौ भन्ने सन्देश ‘एकाग्रता’ नामक कथामा दिइएको छ । विद्यालयमा हुने गरेको आर्थिक अनियमितता चर्चा ‘नियत’ नामक कथामा गरिएको छ । विद्यालय व्यवस्थापन समिति शिक्षक, प्र।अ। कसैले पनि विद्यालयको सम्पत्तिमा आँखा लगाउनु हुँदैन सफा नियतका साथ काम गर्नुपर्छ भन्ने सन्देश उक्त कथामा दिइएको छ । विद्यालयमा कसरी भ्रष्टाचार हुन्छ भन्ने विषयको चित्रण गरिएको कथा नै अन्मिम छयालिसौं कथा हो । समग्रमा माथि उल्लेख गरिएका कथाहरुको चर्चा गर्दा लेखकको पेशा शिक्षक र विज्ञान अध्यापनको विषय भएकाले विज्ञानसँग जोडिएका कथाहरु महान कार्य, सन्देश, विर्सदा ,डिजिटल युद्ध जस्ता कथाहरुभित्र विज्ञान र शिक्षा दुवैसँग जोडिएका छन् । यसमा सङ्ग्रहित केही कथाहरु शिक्षासँग मात्र जोडिएका छन् । विद्यालयलाई परिवेश बनाएर रचना गरिएका ती कथाहरुमा विद्यालयमा हुने चन्दा आतङ्क, आजनीतिक हस्तक्षेप, विद्यालय व्यवस्थापन समितिको दादा गिरी, आर्थिक, अनियमितता, भ्रष्टचार, सिकाइमा पठन पाठनमा देखिएको समस्या, अनुशासनमा देखिएको समस्या, अभिभावकको उदासनिता, आदिको यथार्थपरक ढङ्गले अर्थात स्पष्ट रुपले वर्तमान अवस्थामा हाम्रा केही सामुदायिक विद्यालय त्यहाँ कार्यरत शिक्षक एवम् प्र।अ। ले भोग्ने गरेको पीडालाई जस्ताको जस्तै पाठकको अगाडि पस्कने काम कथासङ्गग्रहमा निहित कथाले गरेका छन् ।
अझ महत्वपूर्ण विषय त चेतनाको विषय हो । यस कथा सङ्ग्रह उनका चेतनामूलक कथाहरु पनि प्रशस्त यात्रा भेटिन्छ । सिलिण्डर, सन्देश, सङ्कटमोचन, पुण्य आदि कथा धार्मिक विषयवस्तुको प्रयोग गरेर भ्रम र यथार्थ केलाउन सक्नु पर्छ , विश्वास अन्धविश्वासका धरातल केलाउनु पर्छ भन्ने किसिमका व्यवहारिक ज्ञान बोकेका घरकी गृहणी देखि धार्मिक व्यक्तित्व सबैका आँखा खोल्ने किसिमका कथाहरु समावेश छन् । धार्मिक क्षेत्रमा देखिएका विकृतिहरु, घरपरिवार भित्रका समस्या, मोवाइलको प्रयोग आदिले उत्पन्न गरेको समस्याका श्रीमतीको सम्वन्धमा देखिएको समस्याका साथै रहस्य वादी कथा पनि यस कथा सङ्गग्रहमा समावेश गरिएको छ । यसका साथै आदर्शवादी भावना बोकेको कथा समसामयिक समस्याहरु लैङ्गिक उत्पिडनका कुराहरु उपचारको नाममा हुने अस्पतालमा ठगी जन्म दिने आमालाई वृद्धाश्रम पठाएर श्रीमतीसंग रमाउने अहिलेको संस्कृति जातीय सद्भावको विषय परिवारमा हुनु पर्ने संस्कार काम गर्दा जुक्ति र मानसिक एकाग्रताको उपयोग गर्नुपर्ने जस्ता सन्देशमूलक कथाहरु यस कथासङ्ग्रहमा समावेश गरिएको छ । मानिसको नियत सधै सफा हुनु पर्छ भन्ने विषयलाई समेत उनले कथामा समेटेका छन् । यस कथा सङ्ग्रहमा समावेश भएका कथाहरु बौद्धिकताको दृष्टिकोणबाट हेर्दा चेतनाको दियो बाल्ने किसिमका छन् । अन्तर आत्मामा उज्यालो छर्ने किसिमका छन् । यी कथाले मनोरञ्जन मात्र दिएको छैन पाठकलाई बौद्धिक खुराक समेत दिएका छन् ।
शीर्षक सार्थकता
प्रस्तुत कथा सङ्ग्रहको शीर्षक ‘मुकुर’ राखिएको छ जुन सार्थक देखिन्छ । मुकुर भन्ने शब्दको अर्थ, शब्द कोश अनुसार ऐना, दर्पण, फूलको कोपिला, कुमालेको चक्र घुमाउने लठ्ठी र एक वृक्ष विशेष भनिएको छ तापनि यहाँ मुकुरको अर्थ ऐना हो भन्ने लाग्छ । ऐनालाई अर्को अर्थमा दर्पण भनिन्छ जसको काम आफ्नो अनुहार हेर्नु हो । ऐनाले म कस्तो छु रु भन्ने देखाउँछ । अनुहारमा दाग भए वा कुनै फोहोर ९वस्तु० टाँसिएको भए ऐना हेरेर स्पष्ट थाहा पाउन सकिन्छ र त्यसलाई हटाउन सकिन्छ । ऐनाले व्यक्तिको तस्वीर देखाए जस्तै प्रस्तुत कथा भित्र हाम्रो समाजमा भएका राजनीतिक, सामाजिक, प्रशासनिक, धार्मिक, शैक्षिक,पारिवारिक आदि क्षेत्रका राम्रा नराम्रा पक्षलाई तस्वीरझैँ पाठकलाई छर्लङ्ग देखाउने काम गरेको छ । मुकुर शीर्षकबाट यस सङ्ग्रहमा कुनै कथा समावेश भएको भए अझ सान्दर्भिक हुने थियो तापनि समग्र कथाहरूको प्रतिनिधित्त्व ‘मुकुर’ ले गरेको देखिन्छ । यसका साथै यस कथा सङ्ग्रह भित्र समावेश भएका कथाहरुमा पनि विषयवस्तु सुहाउँदो शीर्षक राखिएको छ । शीर्षकले कथावस्तु भित्र भएको विषयलाई सङ्केत गर्नुपर्छ । शीर्षक संक्षिप्त हुनु पर्दछ भन्ने शीर्षकीय विशेषता यस कथा सङ्ग्रहका सबै कथाका शीर्षकमा पाउन सकिन्छ ।
पात्र
कथामा पात्रको भूमिका महत्त्वपूर्ण हुन्छ । पात्र विना कथाको परिकल्पना समेत गर्न सकिँदैन । पात्रहरु मानव मात्र नभई मानवेत्तर पात्रहरु पनि प्रयोग गर्न सकिन्छ । आजभोलि यान्त्रिक पात्रको पनि प्रयोग गर्न थालिएको छ । यस लघुकथा सङ्ग्रह भित्र समावेश कथामा पनि मानवेत्तर पात्रको पनि प्रयोग गरिएको छ । प्रायः साधारण पात्रहरु श्रमजीवी आमा बाबु, कर्मचारी आदिको प्रयोग गरिन्छ । यहाँ पनि सोहि अनुसार पात्रको चयन गरेको देखिन्छ । क्रान्ति कथामा नेता, स्वतन्त्रता कथामा प्रधानाध्यापक, बेइमान कथामा श्रीमान श्रीमती, जुक्ति कथामा प्रयोग गरिएको पाँचवटा बालपात्र आदिलाई उदाहरणका रुपमा लिन सकिन्छ । प्रवृत्तिका आधारमा अनुकूल सामाजिक, सम्बन्धका आधारमा उच्च मध्यम र निम्न तीनै वर्गका पात्रको प्रयोग, आसन्नताका आधारमा अधिकांश पात्र मञ्चीय आवद्धताका आधारमा वृद्ध पात्रको वाहुल्यता रहेको देखिन्छ ।
भाषाशैली
लघुकथामा शब्दको खर्च निकै कम गर्नु पर्दछ । थोरै शब्दमा धेरै भन्न सक्ने क्षमता यसमा हुनुपर्दछ थोरैमा धेरै भन्न सक्नु यसको मुख्य विशेषता मानिन्छ । यही विशेषतासँग मिल्दो जुल्दो भाषाशैलीको प्रयोग यस कथा सङ्ग्रह भित्र छ । यहाँ वाक्य संरचनाका दृष्टिकोणबाट अधिक मात्रामा सरल वाक्य र न्यून मात्रामा जटिल वाक्यहरुको प्रयोग भएका छन् । अभिधा मूलक प्रायः दोहोरो अर्थ नलाग्ने किसिमका वाक्यहरुको वाहुल्यता, नवरस ,मध्य कारुण रसको उपस्थित केही कथामा देख्न सकिन्छ । शब्द स्रोतका दृष्टिकोणबाट सहपाठि तत्सम् शब्दहरू विद्यालय, आगन्तुक, रेष्टुरेन्ट, मोबाइल, कम्प्युटर, ल्याब, पब्जी आदि छन् भने तद्भव शव्दहरूमा सडक, सास, जस्ता शब्दहरुको प्रयोग गरिएको पाइन्छ । सामान्य पाठकले पनि सजिलैसँग बुझ्न सक्ने बोलीचाली भाषाका प्रयोग भएका कथाहरू छन् । रुचि क्षेत्रका आधारमा अधिकांश कथाहरु सामाजिक कथाहरु छन् । रितिक्षेत्र आधारमा अधिकांश कथाहरु यथार्थवादी कथाहरु छन् । दृष्टिविन्दुका आधारमा वाह्य वा तृतीय पुरुष दृष्टिकोणको प्रयोग भएको पाइन्छ । शैलीका आधारमा वर्णनात्मक शैलीको प्रयोग गरी कथालाई विस्तार गर्ने काम भएको छ ।
निष्कर्ष
४६ वटा कथा समावेश प्रस्तुत पुस्तक मुकुर लघुकथाका समग्र विशेषता मूल्य मान्यतामा आधारित कथा सङ्ग्रह हो । लघुकथाको संरचनागत मान्यता अनुसार लघुकथा छोटो हुनुपर्ने, छोटो समयमा पढ्न सक्ने हुनुपर्छ तर छोटो भए पनि खँदिलो हुनुपर्दछ । थोरै शब्दमा धेरै भाव वा सन्देश दिने क्षमता हुनुपर्दछ भनिएको छ । ती विशेषताहरु हामी यस लघुकथा भित्र पाउन सक्छौ । यहाँ प्रायः सबै कथाहरु समाजको वास्तविकतामा आधारित छन् । समावेश भएका कथाहरुले जीवनको सानो घटनालाई उजागर गरेका छन् । अनावश्यक रुपमा घटनाको वर्णन नगरी कथामा घटनाको सानो अंशको वर्णन गरिएको, थोरै समयमा धेरै कुरा भन्न सक्ने विशेषता बोकेका कथाहरु छन् । अनावश्यक पात्र वा घटनालाई स्थान दिइएको छैन । प्रायः सबै कथाहरु एउटा घटनामा केन्द्रित छन् । यी कथाहरुले जीवनको एउटा कुनै महत्त्वपूर्ण क्षण वा घटनालाई मात्र चित्रण गरेका छन् । अङ्ग्रेजी भाषामा समेत लेखिएको हुनाले अङ्ग्रेजी भाषीका लागि पनि यो त्यत्तिकै महत्त्वपूर्ण देखिन्छ । अझ महत्त्वपूर्ण कुरा त कथाहरु समसामयिक एवम् सन्देशमूलक छन् । शिक्षक, विद्यार्थी, कथा लेख्न सिक्न ईच्छा राख्ने लेखक साहित्यकार तथा आम पाठक सबैका लागि यी कथाहरु निकै रोचक र महत्त्वपूर्ण छन् । केही कथाहरूका उद्देश्य स्पष्ट नभएता पनि लघुकथाको मानक भेट्न कथाकारले निकै मिहिनेत गरेको देखिन्छ । तेस्रो कृतिका रुपमा प्रकाशित प्रस्तुत कृति पाठकका मन मस्तिष्कमा गुलाबी बास्न छर्न सफल होस् । कृति र कृतिकारको साहित्यिक व्यक्तित्वले सगरमाथाको जस्तै उचाई प्राप्त गर्न सफल होस् । कोहलपुरका साहित्य प्रेमीहरुको मन मष्तिस्कमा नयाँ उर्जाको बिजारोपण गर्ने कार्यमा प्रस्तुत कृति सफल बनोस् भन्ने सुवेच्क्षाका साथ हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरबाट प्रकाशित प्रस्तुत कृति पूर्णिमाको जुन आकाशमा चम्किए जस्तै चम्किन सफल हवस् भन्ने कामना गर्दछु ।









प्रतिक्रिया दिनुहोस्