ऋषिराम सापकोटा “अविरल“
बालबालिका लाई सत्मार्गमा हिँड्न सिकाउने, बढ्न सिकाउने र जीवनमा मार्गदर्शन दिने सन्दर्भमा “अभिभावकत्व” कुनै साधारण जिम्मेवारी होइन। बच्चा जन्माउनु सजिलो हुन सक्छ, तर “असल अभिभावक“ बन्नु भने जीवनकै एक कठोरतम परीक्षा हो। म पनि त्यही यात्रामा हिँडिरहेको एक साधारण बुबा हुँ । आँसु नदेखाई, नथाकेर संघर्ष गर्दै आफ्ना सन्तानहरूको उज्यालो भविष्यका लागि जीवनमा आउने आँधीतुफानसँग लडेर बाटो बनाएको छु। मेरो जीवन कुनै ठूलो शिक्षा वा सम्भ्रान्त पृष्ठभूमिबाट सुरू भएको थिएन। सानो गाउँ, सधैँजसो अभावमा बाँच्ने परिवार। बाध्यताले मलाई भारततिर रोजगारी खोज्न पठायो। त्यहाँको ज्याला–मजदुरीले घर–परिवारलाई गुजारा चल्ने मात्र आउँथ्यो। नेपालमा श्रीमती र दुई नाबालक सन्तान , एक छोरा र एक छोरी थिए। कहिलेकाहीँ सँगै बस्न पाइन्थ्यो, प्रायः टाढा बाट संवाद मात्र हुन्थ्यो। मेरो मनमा एउटा दृढ सङ्कल्प थियो “जे भए पनि मेरा सन्तानहरूलाई मैले त्यो जीवन देखाउँदिन, जुन मैले भोगेको छु।” गरीबीमा झेल्दै गर्दा एउटा मात्र सपना थियो,छोरा र छोरीलाई राम्रो पढाइदिने र समाजका लागि उदाहरणीय व्यक्ति बनाउने। मलाई थाहा थियो, यो सपना सजिलो छैन। मेरो वरपरका छिमेकीहरूले आफ्ना सन्तानहरूलाई महँगो विद्यालयमा पढाउँथे, तर म त त्यो शुल्क तिर्ने हैसियतमै थिइनँ। तर पनि म विचलित भइनँ। “धाँटी हेरेर हाड निल्नु पर्छ“ भन्ने सोच राख्दै मैले मेरो सहजताको विद्यालय रोजेको थिए।त्यो विद्यालयमा पढाइको स्तर कम थिएन, अझ संस्कार, अनुशासन र जीवन जिउने सीप पनि सिकाइन्थ्यो।
कक्षा ५ सम्म सन्तानहरू पुग्दासम्म म नेपालमा मजदुरी गर्दथ ।स्वयं उनीहरूलाई विद्यालय भर्ना गर्न लैजान्थेँ, शिक्षकहरूसँग नियमित कुरा गर्थेँ। मोबाइलबाट निरन्तर फोन गरेर शिक्षकसँग छोरा–छोरीको प्रगतिको जानकारी लिने, नतिजा बुझ्न जाने, शिक्षकको सल्लाह सुन्ने ,यी मेरो दैनिकी नै बनेका थिए। म अभिभावक भेलामा सधैं उपस्थित हुन्थेँ। यिनै कृयाकलाप र संलग्नताले गर्दा मलाई विद्यालयका शिक्षक र प्रधानाध्यापकले “असल अभिभावक“ भनेर चिन्थे। सन्तानहरू पनि विद्यालयमा सधैं प्रथम हुने गर्थे। अभावकै विचमा पनि,विद्यालयले हामीलाई दिएको अभिभावक शिक्षाका कारण घरमा पढ्ने वातावरण सिर्जना गरेका थियौं। गाउँमा दुई कोठाको सानो घर थियो एउटा भान्साकोठा, अर्को सुत्ने। तर पनि मैले मेरो सन्तानका लागि पढ्न मिल्ने “पढ्ने कुना” तयार पारेँ। जहाँ एउटा टेबल थियो, केहि पुस्तकहरू राखिएको काठको तखत र काठे कुर्सीलाई नयाँ रंगले पोतेको थिएँ। म आफुपनि तेहि वसेर पढ्थे र उनीहरूलाई पनि त्यहीँ बसेर पढ्दा ध्यान एकाग्र हुने पढाइप्रति उत्साह जाग्ने हुन्छ भनेर सिकाउँथे।पढ्नकै लागि छुट्टै ठाउँ हुनुले बालबालिकामा मनोवैज्ञानिक प्रभाव पर्ने रहेछ जसले पढ्ने कुरामा गम्भीरता र प्राथमिकता जगाउँछ भन्ने कुरा मैले महसुस गरेँ। अभाव र गरीबी ले मलाई घर छोडेर विदेशीन बाध्य बनायो । छोरा छोरीको भविष्य को लागि। देशमा अवसर नपाएकै कारण म सानोतिनो जागिरको लागि भारत पुगे।म विदेशमा हुँदा पनि, फोनबाट छोराछोरीको प्रगति बुझ्ने प्रयास गर्थें। श्रीमतीको माध्यमबाट गृहकार्य गरेका,नगरेका, साथीहरूको असर, समयमै विद्यालय गएको वा नगएको कुरामा गहिरो चासो दिन्थेँ। र श्रीमतिले पनि छोरा छोरीको निकै ख्याल राख्थिन।
घर फर्किंदा पनि उनीहरू कै साथमा बसेर किताब पल्टाउने, उनीहरूको पढाइको लय बुझ्ने, शिक्षकहरूसँग भेटघाट गर्ने, अनि उनीहरूका समस्या सुन्ने मेरो नित्य कर्म जस्तै हुन्थ्यो । म नहुदा यि सवै भूमिका श्रीमती ले निभाएकी थिईन। मैले बुझेको थिएँ, “पढाइमा निगरानी भनेको परीक्षा पछि नतिजा विग्रियो भनेर झर्किने होइन, उनिहरुको पढाई र दैनिक गतिविधिमा सुक्ष्म निगरानीका साथ उनिहरु संग जीवनमा सँग सँगै हिंड्नु हो।” उनीहरूलाई पढ्नको लागि अभिप्रेरित गर्नु हो। मैले आफै भोगेको र महसुस रेको उमेर हो यौवन अवस्था, यो उमेर आँधि र तुफानको समय हो । छोराछोरी हरूले बाटो बिराउने कुसंगतमा लाग्न सक्ने उमेर भएकोले यो उमेर मा अभिभावकको विशेष भूमिका रहन्छ।म सधैँ मेरी छोरी र छोराको सङ्गतप्रति सतर्क रहन्थेँ। कोसँग खेल्न जान्छन्? कोसँग फर्कन्छन्? उनीहरूका साथीहरूको बोली, व्यवहार, रुचिहरू के कस्ता छन्? कहिलेकाहीँ त म आफैँ स्कूल आसपास गएर पनि हेर्थें । हाम्रा सन्तान कसरी हुर्कँदैछन, र उनिहरू ले कोसँग कस्तो बाटो हिडिरहेको छन बुझ्न जरुरि ठान्दथे। मैले समयको महत्व बुझेको थिए। मेरा सन्तानहरूले बिहान उठ्ने, पढ्ने, खेल्ने, खाना खाने, मोबाइल चलाउने र सुत्ने समयको एक तालिका बनाएर सोही आधारमा क्रियाकलाप गर्न सिकाउँथे । यो तालिका बनाउने काम मैले आफैँ गरेको थिएँ, र त्यसको पालनामा पनि सहजीकरण गरिरहेको हुन्थें। सन्तानका लागि तालिका बनाउनु भनेको कडाइ होइन, समयको महत्त्व बुझाउनु, आत्मअनुशासन र भविष्यप्रतिको जिम्मेवारी सिकाउनु हो। म र मेरी श्रीमतीबीच मतभेद भए पनि कहिल्यै पनि छोरी–छोराको अगाडि झगडा गरेनौँ।कुनै कुरामा असहमति भयो भने, हामी साँझ बालबालिका सुतिसकेपछि मात्रै छलफल गथ्र्यौं।शान्त घरले शान्त मन बनाउँछ, र यस्तो वातावरणमै असल संस्कार पलाउँछन् भन्ने कुरामा हामी विश्वस्त थियौँ।
म कहिल्यै मध्यपान वा चुरोटजन्य पदार्थ सेवनमा लिप्त भएनँ। मेरा बच्चाहरूले मलाई यस्ता दुर्गुणबाट टाढै देखे।अभिभावकले नै चुरोट,मदिरा पिएको हेर्ने बालबालिका देखासिखी बाटो उनीहरूले पनि सिक्ने सम्भावना हुन्छ। त्यसैले मैले सिर्जनात्मक हाँसो, सुन्दर बोलचाल, र आत्मसम्मान नै सन्तानको पहिचान होस् भन्ने चाहना राखेँ। सधैँ म आफ्ना कपडा आफैँ धुथें, भाँडा माझ्थें, सुत्ने कोठा सफा राख्थें।मैले मेरा सन्तानलाई सधैँ सिकाएँ ,“साधनभन्दा बानी ठूलो हो।”साथै हामी जहिले पाहुना आउँदा नमस्कार गर्न लगाउँथ्यौँ, फास्टफुडको सट्टा घरकै परिकारमा रमाउन प्रेरित गथ्र्यौँ, अनि स्वास्थ









प्रतिक्रिया दिनुहोस्