२०१७ का १० न्यूज मेकर



एजेन्सी सोमवार, पुस १७,
डोनाल्ड ट्रम्प
अमेरिकामा नयाँ राष्ट्रपतिका रूपमा जनवरीमा पद बहालीसँगै चर्चामा आएका ट्रम्प वर्षभर मिडियामा छाइरहे । शुरुमा ताइबानी राष्ट्रपतिसँगको फोन संवादले उनी चर्चामा आए । मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने उनको भनाइले तरंग ल्यायो । चीनसँगको विवादमा उनी मुछिए । रूसी गुप्तचरको सहयोगमा राष्ट्रपतिको निर्वाचन जितेका भन्ने जस्ता आरोप उनीमाथि लागे । जलवायु परिवर्तन सन्धिबाट बाहिर आउने उनको कदम झनै आलोचित बन्यो । अमेरिकी सञ्चारमाध्यम झूट समाचार दिन्छन् र तिनलाई बन्द गरिदिनुपर्छ भन्ने जस्ता उनका अभिव्यक्ति आइरहे । उनले सञ्चारकर्मीसँग गर्ने रात्रिभोज बहिष्कार गरेर अमेरिकी मिडियाले गलत र झूटो समाचार प्रवाह गरेको भन्दै विरोध गरे ।
इजरायलको राजधानीका रूपमा जेरुसेलमलाई मान्यता दिने र त्यहाँ अमेरिकी दूतावास सार्ने उनले घोषणा गरे । उनको विरोधमा संसारभर मुस्लिम धर्मावलम्बीले प्रदर्शन गरे । त्यसको विरोधमा ट्रम्पले संयुक्त राष्ट्रसंघमा निषेधाधिकार (भिटो)समेत प्रयोग गरे । ट्रम्पले मुस्लिम बहुल ७ देशका नारिकलाई अमेरिका प्रवेशमा रोक लगाउने कानुन बनाए । त्यसको विश्वका मुस्लिम देशले विरोध गरे र भने कि यसरी कुनै देश नै तोकेर अर्काे देशमा प्रवेश गर्न नपाउने भनी गरेको निर्णय मानवअधिकार विरोधी भएको भन्दै आलोचना भयो।
किम जोङ उन
सन् २०१७ मा पनि अमेरिका र उत्तर कोरियाको तनाव वर्षभर चर्चामै रह्यो । किम जोङ उनको आदेशमा उत्तर कोरियाले निकै क्षेप्यास्त्र परीक्षण गरिरह्यो । उनले अमेरिकालाई ध्वस्त पार्ने चेतावनी पनि दिए । दुवै देशबीच तल्लो स्तरको गाली गलौज समेत भयो । उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई दिमाग खुस्केको समेत भन्न भ्याए । यो आणविक हतियारको होडबाजीले संसारमा ठूलो तहल्का मच्चायो । संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको आग्रह एवं आणविक शस्त्रको विरोध हँुदाहँुदै उनले आणविक परीक्षणलाई निरन्तरता दिए । अमेरिकी मित्र शक्ति जापानको आकाशमा समेत प्योङयाङले क्षेप्यास्त्र प्रहार ग¥यो ।
सी चिनफिङ
चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले सी चिनफिङलाई निकै सम्मान दिएको छ । उनलाई पार्टीको विधानमा माओ चतुङ सरहको स्थान दिएको छ । पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सीको राजनीतिक विचारलाई ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सी चिनफिपिङको विचार’ भन्ने नारा समाविष्ट गरेको छ । चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिस्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका तङ स्याओ फिङलाई मात्रै दिइएको छ । चीनमा तेस्रो युग शुरु गराएको भन्दै सीलाई महत्वपूर्ण स्थान दियइएको छ । गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ कंग्रेसले पार्टीको विधानमा गरिएको संशोधनले राष्ट्रपति सी निकै शक्तिशाली बनका छन् । उनले आफैंले पद त्याग नगरेसम्म उनको स्थान कसैले लिन नसक्ने अधिकार उनलाई पार्टीले दिएको छ ।
भ्लादिमिर पुटिन
putinअमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको भनी निर्वाचनताका विवादमा आएको यो मुद्दाले सन् २०१७ को पनि अधिकांश समय र स्थान लियो । यसबाट अमेरिकामा निकै लामो विवाद पनि उत्पन्न भयो । यो विवाद अमेरिकाको सिनेट समितिसम्म पनि पुग्यो र उक्त समितिमा राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई संसद्ीय सुनुवाइका लागि नै उभ्यायो । संसारमै आफूलाई अब्बल ठान्ने देश र नागरिकका राष्ट्रपतिको निर्वाचनमा प्रभाव पार्न सफल भएको देखियो । सन् २०१८ को राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएर फेरि उनी चर्चाको पात्र बने । यसअघिसम्म पार्टीको तर्फबाट उम्मेदवारी दिँदै आएका उनले यसपटक स्वतन्त्र रूपमा राष्ट्रपतिको उम्मेदवारी दिए । आफ्नो विरोधमा निर्वाचनमा नाम दर्ता गरेका आलेक्सी नाभाल्लीको उम्मेदवारी नै खारेज गर्न निर्वाचन आयोगलाई आदेश दिएको आरोप पुटिनमाथि लाग्दै आएको छ ।
आङ सान सुची
sichiनोबेल शान्ति पुरस्कार र लामो संघर्षबाट चर्चामा आएकी आङ सान सुची यसपटक हत्या हिंसाका कारण ििवादमा परिन् । उनलाई बेलायतमा दिइएका सम्मान पनि खोरिएको छ । रोहिंग्यालाई देश निकाला गरिँदा र उनीहरूमाथि हत्याहिंसा हुँदा पनि मौन रहेको भनेर उनको आलोचना भएको छ । अगस्तमा म्यान्माली सेनाले सञ्चालन गरेको कारबाहीमा ६ हजार ७ जना सर्वसाधारण नागरिक मारिएको प्रतिवेदन सार्वजनिक भएको थियो । प्रजातन्त्रका लागि लामो समय जेलनेल भोगेकी सुचीले रोहिंग्यामाथि सेनाले बर्बर आक्रमण गर्दा मुकदर्शक बनेको भन्दै विरोध भएको छ ।
पार्क ग्युन हाय
parkदक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्युन हायलाई भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा महाभियोग लगाइयो र पछि अदालतको आदेशमा थुनामा परिन् । अदालतको आदेशपछि पार्कलाई सोलको दक्षिणी भागमा रहेको एउटा कारागारमा राखिएको थियो । पार्कलाई एक अदालतले दोषी ठहर गरेपछि यसै वर्ष पक्राउ गरिएको थियो । उनी सर्वाेच्च अदालतमा पुनरावेदन गरेकी छन् र धरौटीमा छुटेकी छन् ।
नवाज शरीफ

nawazतेस्रोपटक प्रधानमन्त्री पद सम्हालेका पाकिस्तानी नेता नवाज शरीफ भ्रष्टाचारको आरोपमा पदबाट बर्खास्त गरिए । आर्थिक रूपमा सबल पारी एसियाकै उत्कृष्ट मुलुक बनाउने योजना पूरा गर्न ‘भ्रष्टाचार’ मुख्य बाधक रहेको बताउने शरीफ भ्रष्टाचारी प्रमाणित भए । प्रधानमन्त्री पदको शपथ लिइरहँदा उनले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ अपनाउने वाचा गरेका थिए । त्यति मात्र होइन आफूले सांसद पद छोडेको ठाउँमा आफ्नै पत्नीलाई उम्मेदवार बनाएर राजनीतिमा ल्याए । सन् २०१८ मा हुने निर्वाचनमा आफ्नै भाइ शहबाज शरीफलाई सिफारिस गरेर उनी थप चर्चाको विषय बनेका छन् । ठूलो स्टिल कम्पनी ‘इत्तेफाक’ का मालिकसमेत रहेका शरीरफमाथि पदीय दुरुपयोग गरी आफ्नो कम्पनीलाई फाइदा दिलाएको र सरकारी स्रोतमा अनियमितता गरेको आरोप थियो । ‘पनामा पेपर्स’ भ्रष्टाचारको खोजीले उनलाई पनि दोषी देखाएको थियो । त्यस बारेमा अहिले पनि अदालतको सुनुवाइ जारी छ ।
रोबर्ट मुगावे
mugaweजिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेको ३७ वर्षे एकछत्र शासनकालको राजनीतिमा बढी पत्नीमोह देखाएको कारण अन्त्य भएको छ । सेनाले ‘कु’ गरेसँगै दबाबमा परेका राष्ट्रपति मुगाबेले आफूविरुद्ध संसद्मा महाभियोग प्रस्ताव ल्याउनुअघि नै पदबाट राजीनामा दिए । ९३ वर्षीय मुगावे सन् १९८० मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेसँगै निरन्तर सत्ताको नेतृत्व गरिरहेका थिए । कमजोर स्वास्थ्य र बढ्दो उमेरसँगै सत्ताको उत्तराधिकारीमा पत्नी ग्रेस मुगाबेलाई चयन गर्दा विवाद बढेको थियो । पत्नीलाई सत्ता हस्तान्तरण गर्न उनले उपराष्ट्रपतिलाई पदबाट बर्खास्त समेत गरेका थिए । विवाद देखिएपछि सेनाले हस्तक्षेप गरी उनलाई नजरबन्दमा राखेको थियो । सम्मानपूर्वक सत्ताबाट हटाउन सेनाले वार्ता गरी राजीनामा दिन आग्रह गरे पनि मुगाबेले अस्वीकार गरेपछि सेनाले कु गरेको हो । पत्नीमोहमा डुबेका मुगमबेले नजरबन्दी अवस्थामै पदबाट राजीनामा दिनुप¥यो ।
राहुल गान्धी
rahulभारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसको नेतृत्वमा ४७ वर्षीय राहुल गान्धी पुगेका छन् । पार्टी अध्यक्षमा उनको मात्र उम्मेदवारी थियो । १९ वर्षपछि उनकी आमा सोनिया गान्धीले उनलाई सत्ता हस्तान्तरण गरेकी हुन् । राहुलले अध्यक्ष भएपछि अब पार्टीलाई प्रभावकारी बनाउने विश्वास धेरैले गरे पनि कतिपयले भने संशय व्यक्त गरेका छन् । कांग्रेसका अध्यक्ष बन्ने उनी नेहरू–गान्धी परिवारका पाँचौं पुस्ताका नेता हुन् ।
मर्केल
markeजर्मन चान्सलर एन्जेला मार्केल सन् २०१७ मा पनि चर्चाको शिखर रहिन् । गत सेप्टेम्बरमा भएको निर्वाचनबाट उनी चौथोपटक पनि जर्मन चान्सलरमा निर्वाचित हुन सफल भइन् । जर्मनीमा शरणार्थीलाई आ श्रय दिएको भनेर उनको विरोध हुँदै आएको थियो।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १७ गते सोमबार