सिमकोटमा मात्रै ८१९ जना नसर्ने रोगका बिरामी



हुम्ला ।

जिल्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकामा मात्रै ८१९ जना नसर्ने रोगका बिरामी रहेको पाइएको छ । तर यो सङ्ख्या वर्षेनी रूपमा बढ्दै गएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीले बताए । उनका अनुसार एक महिनासम्म अभियानका रूपमा सञ्चालन भएको गाउँपालिका वासीको वडा स्तरमा गरिएको नसर्ने रोगको पहिचानका लागि गरिएको स्क्रेनिङमा जम्मा चेकजाँच गरिएका मध्य ६१.३९ प्रतिशतमा नसर्ने रोगहरू पत्ता लागेको हो ।

स्वास्थ्यप्रति सचेत नहुनु र जथाभावी खानपानको कारण नसर्ने रोकाया बिरामीको सङ्ख्या बढ्दै गएको उनले बताए । एक महिनाको अवधिमा आठ वटै वडाका १२ स्वास्थ्य संस्था र एउटा वडा कार्यालयमा गरिएको स्क्रेनिङमा जम्मा एक हजार ३३४ जनाको चेकजाँच गर्दा ८१९ जनामा नसर्ने रोग पत्ता लागेको थियो । जव कि गतवर्ष यसको आधा बिरामी मात्र नसर्ने रोग देखिएको थियो । यसमा बिशेष गरि पाँच वटा नपर्ने रोगका बिरामीहरू पत्ता लागेका छन् ।

स्वास्थ्य शाखाका अनुसार। जम्मा चेकजाँच गरिएकामध्ये नसर्ने रोग उच्च रक्तचापका १९१ जना, मधुमेहमा १३८ जना, मृगौलाको रोगमा ११६ जना, मोटोपनामा २१८ जना र अन्य विभिन्न रोग १५६ जनामा देखिएको हो । नयाँ पत्ता लागेका नसर्ने रोगका बिरामी सबैले सधै औषधी सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

यो अभियानमा स्क्रेनिङ गर्नका लागि गुल्को मिटर, बिपी सेट, गुल्को डिपिस्टीक किट, युरिन डिपिस्टिक किट, लम्वाई र उचाई नाँप्ने स्केल, स्याम्पल कन्टेनर लेनसेट लगाएतका उपकरणहरू प्रयोग गरिएको थियो । यसका लागि ३५ जना गाउँपालिकाका स्वास्थ्यकर्मी खटिएका थिए ।
उपकरण सबै स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार विकास नेपाल संस्थाले उपलब्ध गराएको हो । यसरी नसर्ने रोगका बिरामीहरू वृद्धि हुँदै जाँनु जिन्ताको विषय भएको र अब सबै खानापान र स्वास्थ्य प्रति सचेत रहन आग्रह गरिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार