
जुम्ला।
शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ। बितेका पाँच महिनामा यहाँका २२० जनाले घरमै राहदानी पाएका छन्। जिल्ला प्रशासन कार्यालय, राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जिल्ला हुलाक कार्यालयसँग सम्पन्न सम्झौताअनुसार चालु आवको भदौसम्म १९८ जनाको राहदानी घरदैलोमै पुगेर वितरण गरिएको बताए।
गत वर्ष ९७२ जनाले घर घरबाटै राहदानी पाएका थिए। चालु आवको दुई महिनामा १९८ जनाले राहदानी पाएका छन्। यसैगरी, जिल्लामा आठ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासन जनाएको छ।
प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार









प्रतिक्रिया दिनुहोस्