स्याङ्जामा लोकतान्त्रिक र वाम गठबन्धनबीच झडप, प्रहरीद्वारा हवाई फाइरिङ



मंसिर २१, २०७४-साविक तुलसीभन्ज्याङ गाविस भवन रहेको स्थानमा लोकतान्त्रिक र वाम गठबन्धनबीच झडप भएको छ ।
 मतदाताहरुको विषयलाई लिएर दुई पक्षीयबीच विवाद चुलिँदै जाँदा हात हालाहाल भएको थियो । विवादलाई मिलाउन नसकेपछि प्रहरीले हवाई फाइरिङ गर्नुपरेको स्थानीयवासीले बताएका छन् । दुई गठबन्धनलाई रोक्न नसकेपछि हवाई फाइरिङ गर्नुपरेको गल्याङ प्रहरी चौकीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २१ गते बिहीबार