एमाले राप्तीसोनारीले दियो टिकुलीपुरका आगलागी पीडितलाई खाद्यान्न



कोहलपुर ।

राप्ती सोनारी गाउँपालिका– २ टिकुलीपुरका आगलागी पीडितलाई नेकपा एमालेले राहत वितरण गरेको छ । आइतबार आगलागी पीडितलाई नेकपा एमाले राप्ती सोनारी गाउँपालिका कमिटीले राहत वितरण गरेको हो ।

नेकपा एमाले राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष मनोज केसीले आगलागी पीडितलाई केही भएपनि सहयोग होस् भन्ने उद्देश्यले राहत वितरण गरिएको जानकारी दिए ।

‘टिकुलीपुरका आगलागी पीडितलाई केही भएपनि मद्दत पुगोस् भनेर हामीले खाद्यान्न लगायतका सामान दिएका हौं’ उनले भने, ‘एमालेको तर्फबाट आगामी दिनमा समेत सहयोग गर्नेछौं ।’

No description available.

एमालेका गाउँपालिका अध्यक्ष केसीसहित एमाले बाँकेका ईन्चार्ज सूर्य ढकाल, गाउँपालिका सचिव सुधा चौधरीले राहत वितरण गरेका थिए । आगलागी पीडितलाई चामल, दाल, तेल, तरकारी लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।

केही दिनअघि टिकुलीपुरमा आगलागी हुँदा ११ घर र ४ गोठ जलेर नष्ट भएका थिए । विद्युत सर्ट भएर भएको आगलागीका कारण घरगोठ जल्दा करिब ९७ लाख रुपैयाँ बढीको क्षती भएको प्रहरीले अनुमान गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ४ गते आइतबार