नेकपा एमाले राप्ती सोनारी गाउँपालिका अध्यक्षको उम्मेदवार छनोटका लागि तीन जनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको गाउँ कमिटीको बैठकले तीन जनाको नाम सिफारिस गरेको हो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि गाउँ कमिटीले पालिका अध्यक्ष मनोज केसीसहित रामदास थारु र तुल्सी थारुको नाम सिफारिस गरेको थियो ।
अब तीन जनामध्ये एक जनालाई अध्यक्ष पदको उम्मेदवारको लागि छनोट हुनेछन् । यस्तै बैठकले गाउँपालिका उपाध्यक्षको लागि समेत चार जनाको नाम सिफारिस गरेको छ । चमेली वाकबल, खुमा डाँङ्गी, सुधा चौधरी र कृष्ण बोहोराको नाम सिफारिस गरिएको थियो ।
प्रकाशित मिति : २०७८ चैत २७ गते आइतबार










प्रतिक्रिया दिनुहोस्