नेपालगञ्ज, १३ मंसिर/ मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेको हिरमिनियामा निर्वाचन र मानव अधिकार सम्बन्धी छलफल सम्पन्न भएको छ ।
तराई मानव अधिकार रक्षक संजाल(थर्ड एलायन्स) उप क्षेत्रीय कार्यालय नेपालगंज र डुडुवा गाँउपालिका–६ हिरमिनियाको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रममा थर्ड एलायन्सका संघीय मानव अधिकार संयोजक प्रवीण कुमार यादवले पहिलो चरणको निर्वाचन सम्पन्न भईसकेको र दोस्रो चरणको चुनावी चुनावी अभियान बढिरहेको समयमा स्वच्छ वातारणमा निर्वाचन सम्पन्न गराउन सम्बन्धित निकायलाई दवाब दिनका लागि छलफल आयोजना गरिएको बताए ।
५ नम्बर प्रदेशका केही जिल्लामा उम्मेदवार प्रति लक्षित गरी बम प्रहार जस्ता घटनाहरु हुनुुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नेपालको सुरक्षा व्यवस्थामा प्रश्न चिन्ह लाग्ने आइरहेकोकोले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा निकाय चुस्त र चनाखो हुनुनपर्ने उनले धारणा राखेका थिए ।
मानव अधिकार सुनिश्चित गर्न निर्वाचन सम्बन्धि हरेक क्रियाकलापहरु मानव अधिकारबाट निगरानी गरी नागरिक अधिकार सुनिश्चित गर्ने विषयमा कार्यक्रमका वक्ताहरुले विशेष जोड दिनुपर्ने धारणा राखे ।
ईलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी नायव निरिक्षक परशुराम केसीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सुरक्षा संयन्त्रहरु सक्रिय भएर लागेको बताउदै खुल्ला सिमानाका कारण केही चुनौति भए पनि नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त सीमा गस्ती र चेक जाँच बढाएको बताए ।









प्रतिक्रिया दिनुहोस्