नेपालगञ्ज, १३ मंसिर/ नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले राजनीतिक खोल ओढेर पत्रकारिता नगर्न आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ बाँके तथा फ्रि मिडिया नेटवर्क नेपालगन्जले आयोजना गरेको सरोकारवाला निकायसंगको छलफल कार्यक्रममा केन्द्रीय अध्यक्ष आचार्यले राजनीतिक आस्थाका आधारमा पत्रकारिता गर्नेहरु पत्रकार हुन नसक्ने बताउँदै स्वच्छ र निष्पक्ष भएर पत्रकारिता गर्न अनुरोध गरे ।
पत्रकारहरुले राजनीतिक आस्थागत समाचार भन्दा जनताको निम्ति विकासमा सघाउ पु¥याउने खालका समाचार सम्प्रेषण गर्न उनले पत्रकारहरुलाई सुझाव दिए ।
चुनावपछि संक्रमणकालको अन्त्य हुने र पत्रकारहरुका लागि पनि विकास र समृद्धिको बाटो खुल्ने अध्यक्ष आचार्यले बताए । संविधान कार्यन्वयनको लागि चुनाव भैरहेको कारण पत्रकारहरुले पनि पूर्ण प्रेस स्वतन्त्रता र आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुग्ने गरी सामाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई सुझाव दिए ।
पत्रकारलाई पनि निर्वाचन आचारसंहिता लाग्ने भएकाले आचारसंहितामा रहेर समाचार संकलन गर्न अध्यक्ष आचार्यले जोड दिए । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पश्चात मुलुकले राजनीतिक स्थिरता पाउने र देशमा विकासको मुद्दाले पत्रकारितामा प्रथामिकता पाउनुपर्ने सुझाव दिए ।
मंसिर २१ गते हुने निर्वाचनमा समाचार संकलन गर्नका लागि नेपाल पत्रकार महासंघको सिफारिसमा प्रेस पास वितरण गर्ने अध्यक्ष आचार्यले बताए ।
निर्वाचनको बेला जथाभावी प्रेस पास वितरण गर्नुभन्दा नेपाल पत्रकार महासंघका हरेक जिल्ला शाखाबाट सिफारिस भएको आधारमा प्रेस पास वितरण गर्ने निर्वाचन आयोगसँग सहमति भएको अध्यक्ष आचार्यले जानकारी दिए । पत्रकारले निर्वाचनको बेला प्रेस पास पाएपछि त्यसको सदुपयोग समेत गर्न उनले आग्रह गरे









प्रतिक्रिया दिनुहोस्