त्यो दिन



कलेजमा बिदा भयो । एक दुई दिन त ठीक छ पन्ध्र दिन के गर्ने ? साथीहरूबीच बोन्जी जम्प गर्न जाने सल्लाह भयो । सबै जना यो विचारले साहै्र उत्साहित भए । सधँै उनीहरूले बोन्जी जम्प टेलिभिजनमा हेर्ने गरेका थिए तर आफ्नो देशमा पनि सुरुआत भएकाले खुसीको सीमा थिएन ।
सबै जना बोन्जी जम्पिङ गर्ने स्थानमा पुगे । ठूलो अग्लो डरलाग्दो भीर ।
भीरमा अलिकतिसम्म परेको स्थान त्यहाँबाट तल हामफाल्नुपर्ने । सबै जना
टिकट काटेर लाइनमा बसे ।
सबैभन्दा पहिले जीवनको पालो आयो । साथीहरूमा सुन्दर, बलियो अनि
असल । पछाडि उसकी साथी रुपा थिई । जीवनका गोडामा डोरीले बाँधे । छातीमा
पनि सुरक्षा कवच लगाइदिए । सुर्र सिटी बज्यो । जीवनको मुटु धकधक ग¥यो ।
एकछिन त लाग्यो निर्णय फिर्ता लिऊँ, तर होइन पछाडि रुपा थिई । उसको अघि
कमजोर हुनु थिएन । मनमनै ईश्वर पुका¥यो । कसैले पछाडिबाट धकेलिदियो । ऊ
हावामा खेल्दै तलतल झन तल झ¥यो । हावा उसका कानमा पस्यो । कानहरू
झमझम गरे । केहीबेरपछि उसलाई डोरीले तानेर माथि ल्याए । सबैले थपडी
बजाएर खुसी मनाए, तर आश्चर्य उसले केही सुनेन । डरायो, सबैले सान्त्वना दिए
ठीक हुन्छ भनेर । उसको हालतले डराएर अरू साथीले खेल्ने आँट गरेनन् ।
उसलाई लिएर सबै घर फर्किए । अस्पताल लगे तर निको भएन । रुपाले बोल्नै
छोडी । बिस्तारै साथीहरूले उसलाई बिर्सिंदै गए ।
वर्षौंपछि एक दिन बधिरहरूको कलेजमा एउटी महिला आइन् । उनी
आफ्नो छोरालाई त्यहाँ पढाउन चाहन्थिन् । त्यहाँको प्रमुखसित कुरा गरिन् ।
उनले भनिन्, ‘मैले शुल्क दिन सक्दिनँ सर ।’ दुवैको आँखा जुध्यो । एकअर्कालाई
हेरे । जीवनसित हारेकी रूपालाई उनले चिने । उनका पति क्यान्सरले बितिसकेका
रहेछन् । एउटा छोरा त्यो पनि बधिर ।

प्रकाशित मिति : २०८० पुस २१ गते शनिबार