रमेश बम
१२ जेठ । दक्षिण कोरियाका लागी नवनियुक्त नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहले सोमबारदेखि देखि आफ्नो कार्यभार सम्हाल्ने भएका छ्न । जसका लागि राजदुत सिंह आईतावार कोरिया जादै छन ।
कार्यवाहक राजदूत किरण शाक्यका अनुसार सिंहका परिवार भने यस अघि नै कोरिया पुगिसकेका छ्न । पूर्वराजदुत कमान सिंह लामाको कार्यकाल समाप्त भएपछि बिगत १ वर्षदेखि रिक्त अबस्थामा रहेको उक्तपदको कार्यभार भने दक्षिण कोरियाको लागि उपनियोग प्रमुख किरण शाक्यले कार्यबाहक राजदूतको रुपमा काम गर्दै आएका थिए ।
नेपाली कांग्रेसको राजनीतिमा सक्रिय सुदुरपश्चिमको बझाङ जिल्लाका सिंहलाई नेपाल सरकाले केही महिना अघि दक्षिण कोरियाको राजदूतमा नियुक्त गरेको थियो । सिंहले करिब १५ वर्ष पहिला परराष्ट्र सहायक मन्त्रीको जिम्मेवारी समेत पाएका थिए ।
नवनियुक्त राजदुत सिंहलाई नेपाली जनसम्पर्क समिती लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरूले आइतबार दक्षिण कोरियाको ईन्छन बिमान स्थलमा स्वागत गर्ने जनाइएको छ ।