ग्रेस इन्टरनेसनल नेपालगञ्जले CUNA Education Fair 2026 गर्दै



नेपालगञ्ज।

नेपालगञ्जमा चार देशका ३० भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधि आउँदै यसका साथै विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै ग्रेस इन्टरनेसनल नेपालगञ्ज शाखाको आयोजनामा CUNA Education Fair 2026 आयोजना हुने भएको छ।

आगामी असोज २२ गते बिहीबार नेपालगञ्जमा आयोजना हुने शिक्षा मेलामा क्यानडा, यूके, न्युजिल्यान्ड र अष्ट्रेलियाका ३० भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ।

मेलामा सहभागी विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेट गरी अध्ययनका विषय, भर्ना प्रक्रिया, छात्रवृत्ति, शैक्षिक योग्यता तथा विदेश अध्ययनका अवसरबारे विस्तृत जानकारी लिन सक्नेछन्।

त्यस्तै, योग्य विद्यार्थीका लागि १०० प्रतिशतसम्म छात्रवृत्ति तथा On-the-spot Admission को अवसरसमेत उपलब्ध हुने जनाइएको छ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार