चितुवाको छाला दुई पक्राउ



कोहलपुर, २५ चैत्र  / कोहलपुरमा तीन थान चितुवाको छाला सहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट सुवानाली–८ का जसे थापा र सुवानाउली–७ का प्रेम बहादुर रावत रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जनाकारी दिएका छन् ।
छाला विक्री गर्नका लागि मोलमोलाई गर्ने क्रममा पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ चैत २५ गते शुक्रबार