विद्यार्थिहरुद्वारा क्याम्पस परिसर सरसफाई



कोहलपुर, १ मंसिर/  बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरमा अध्ययनरत विद्यार्थिहरुले आज क्याम्पस वरपर सरसफाइ गरेका छ्न ।

“हाम्रो क्याम्पस, राम्रो क्याम्पस” भन्ने नारासहित स्वतन्त्र विद्यार्थि युनियन (स्ववियू) को आयोजनामा सरसफाई गरिएको क्याम्पसका स्ववियू कोषाध्यक्ष काली बहादुर डाँगीले जानकारी दिए ।

क्याम्पस तथा कयाम्पस परिसरलाई सरसफाइयुक्त बनाउनका लागि विधार्थिहरुले हात हातमा कुचो लिएर सरसफाई गरेका थिए । उक्त सरसफाई कार्यक्रममा दर्जन बढी विद्यार्थिहरुको सहभागिता रहेको थियो ।

पछिल्लो समय कोहलपुर नगरपालिकाले समेत कोहलपुरलाई सुन्दर सहरको रुपमा विकास गर्नका लागि सरसफाइका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । यस्ता कार्यक्रमहरुले सो कार्यमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १ गते शुक्रबार