नेपालगन्ज ।
नेकपा एमालेको जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा मोहम्मद हारुन हलुवाई सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपालगन्जमा सम्पन्न ७औँ महाधिवेशनबाट यसअघि संगठनको इन्चार्ज रहेका हलुवाई अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनले ६५ सदस्यीय केन्द्रीय समिति पनि निर्वाचित गरेको छ । समितिमा मधेश र लुम्बिनीबाट तीन–तीन जना पुरुष र दुई–दुई महिला गरि जम्मा १० जना, बाँकी प्रदेशबाट दुई पुरुष, एक महिला गरी १५ जना निर्वाचित भएका छन् ।
खुलातर्फ २० पुरुष ११ महिलासहित ३१ जना सदस्य निर्वाचित भएका छन् । थप ३४ जना मनोनीत गरी ९९ सदस्यीय केन्द्रीय समिति बनाइने भएको छ । संगठनको अरु पदाधिकारीमा उपाध्यक्षमा तैयव अन्सारी, उपाध्यक्ष महिलामा साजिदा सिद्दिकी, महासचिवमा राजमोहम्मद मियाँ, उपमहासचिवमा जबुल मियाँ चयन भएका छन् । यसैगरी सचिवमा संगठनतर्फ हलिम मियाँ, प्रचारतर्फ रियासत लिमी, विदेशतर्फ सुलेमान मियाँ, अर्थतर्फ अब्दुल करिम खाँ चयन भएका छन् ।
यसैगरी केन्द्रीय सदस्यहरूमा रौशन प्रविन, साविर अलि, कलिमुल्लाह अलि, अमिरुल निसा, अब्दुल खाँ, मोहम्मद रफिक, समिना मियाँ, गैंडा खान, मोहम्मद निजामुद्दिन हक, रासिदा खातुन, जरिना खातुन, सैयदा खातुन, मुन्नी खातुन, जमिला मियाँ, अफसाना खातुन, जलिल मियाँ, जाकिर हुसेन हलुवाई लगायत चयन भएका छन् । महाधिवेशनको शनिबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्