प्रहरी उपरिक्षक तामाङ्गले पक्राउ परेका दुबै जनालाई हातहतियार खरखजना मुद्दा दर्ता गरी अनुसन्धानको क्रममा सो बरामद हतियार सोही ठाँउ बस्ने सफिउल्ला नटले फसाउने नियत राखि दिएको भन्ने खुल्न आए पश्चात निज सफिउल्ला नटलाई समेत पक्राउ गरी सोही मुद्दामा म्याद थप लिई अनुसन्धान भई रहेको बताए
यसैगरी सोही दिन राप्ती सोनारी गाउपालिका.वडा नं.६ स्थित ढलैयामा संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जबाट खटि गएको प्रहरी टोलिले चेकजाँचको क्रममा जिल्ला बाँके नरैनापुर गाउपालिका वडानं. ५ बस्ने बर्ष २५ को गोपाल रोकाय र वडा नं.६ बस्ने बर्ष २६ को जयबहादुर बुढाथोकीलाई रोकी चेकजाँच तथा तलासी लिदा गोपाल रोकायको साथबाट एयरगन पेस्तोल नाल १ फेला पारी बरामद गरी उनीहरु माथि हातहतियार खरखजना मुद्दा दर्ता भई अनुसन्धान भई रहेको ।
प्रहरी उपरीक्षक तामाङ्गले गत कात्तिक २७ गते दिउसो २ बजेको समयमा राप्ती सोनारी गा.वडा नं.६ स्थितमा अबैध हतियारको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा सो स्थानमा प्रहरी टोली पुगेर कारवाही गर्दा राप्ती सोनारी वडा नं ७ घर बताउने बर्ष ५८ को धन बहादुर बिकलाई चेकजाँच गर्दा निजको साथबाट कटुवा पेस्तोल थान १ फेला पारी बरामद गरी अनुसंधान सुरु गरेको बताए
प्रकाशित मिति : २०७४ कात्तिक ३० गते बिहीबार








प्रतिक्रिया दिनुहोस्