कोहलपुर : कोहलपुर कपडा व्यवसायी संघले गत ७ गते आइतबार आगलागीबाट पूर्णरुपमा नष्ट भएको शुभ लक्ष्मी कलेक्सनलाई सहयोग हस्तान्तरण गरेको छ । संघका पदाधिकारीहरुले संयुक्त रुपमा औपचारिक रुपमा शुभ लक्ष्मी कलेक्सनका सञ्चालक मेगराज लम्साललाई १ लाख २६ हजार ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
कपडा व्यवसायी संघका कार्यसमिति, पूर्व कार्यसमिति, पूर्व सल्लाहकार र संस्थापकहरुबाट रकम संकलन गरेर हस्तान्त्ररण गरिएको संघका उपाध्यक्ष गोपाल प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार आगलागीबाट कलेक्सन पूर्ण रुपमा नष्ट भएकाले थोरै भएपनि आलो घाउमा मलम लगाउने काम गरेको बताए ।
कपडा व्यवसायीका समस्या मात्र नभई समग्र व्यवसायीका हकहितको लागि आवाज उठाउँदै आएको उनको भनाइ छ । दुःखद् घडीमा सबैले सक्दो सहयोग गर्न उनले आग्रहसमेत गरे । २९ जना पदाधिकरीहरुले आफ्नो क्षमताले सकेको सहयोग नै हस्तानतरण गरिएको उनले बताए ।
सो अवसरमा कोहलपुर–११ वडाध्यक्ष कल्पना शर्मा,संघका अध्यक्ष राजिव शर्मा, कोहलपुर उद्योग वाणिज्य संघ उपमहासचिव राज कुमार पौडेल लगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : २०८२ वैशाख १४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्