संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय कानून अनुसार नागरिकहरूलाई स्वेच्छाले सुरक्षित रूपमा गाजा पट्टीमा फर्कन अनुमति दिनु पर्ने बताउदै राफाह सीमा नाका पुनः खोल्ने निर्णयको स्वागत गर्दै सहायताको दायरा विस्तार गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले पत्रकारहरुसँगको साक्षातकारमा रफाह लगायतका सबै सीमानाकाहरु मार्फत न्यूनतम अवरोधहरूसहित गाजामा पर्याप्त मानवीय सहायताको अनुमति दिने आवश्यकतामा जोड दिएको बताएका हुन् ।

आफ्नो तर्फबाट अधिकृत प्यालेस्टिनी क्षेत्रका संयुक्त राष्ट्रका आवासीय संयोजक रमिज अलेक्पेरोभले दुवै दिशामा राफाह सीमा पुनः खोल्नु युद्धविरामको पहिलो चरणको सम्झौताको अनुरूप एक महत्वपूर्ण कदम भएको बताएका छन् । अलेक्पेरोभले गाजा पट्टीमा सुरक्षित र दिगो तरिकाले मानवीय पहुँच बढाउन थप कार्यको आवश्यकतामा जोड दिए । दक्षिणी गाजा पट्टीमा अवस्थित सीमा नाका रफाह आक्रमण र कब्जा पछि सन् २०१४ मे– ७, देखि इजरायली कब्जाले पूर्ण रूपमा बन्द गरेपछि प्यालेस्टिनी आन्दोलनका लागि दुवै दिशामा सोमबार पुनः खोलिएको थियो ।








प्रतिक्रिया दिनुहोस्