‘बिहानदेखि साँझसम्म यिनै भैँसीको स्याहारसुसार गर्दै बित्छ । अहिले भर्खरै दूध बेचेर आएँ,’ उनले भने, ‘अब केही समय आराम गरेर फेरि भैँसी चराउन जान्छु ।’ उनको फर्ममा हाल पाडापाडीसहित १० वटा भैँसी छन्् । तीमध्ये ७ वटा भैँसी दुहुना छन् । १ लाख १० हजारदेखि १ लाख २० हजार रूपैयाँसम्मका भैँसी उनीसँग छन् । दैनिक २० लिटर दूूध बेच्दै आएको थारूले बताए ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका–६ रझेना गाउँ । यहाँ थारू समुदायको बाहुल्यता छ । थारू समुदाय अहिले पनि आफ्नो पुख्र्याैली पेसामै केन्द्रित छ । परम्परागत थारू बस्ती छ । यहाँका महिलाहरू चुलोचौकोमा सीमित छन् । रझेनाका अधिकांश थारू समुदायका पुरुष अहिले पनि कृषि कार्य तथा ज्याला मजदुरी गर्छन् । तर, समयक्रमसँगै यहाँको दैनिकी बदलिँदो छ । गाउँमा बिस्तारै विकास छिरेको छ । यहाँका महिलाहरू स–साना व्यवसायमा लाग्न थालेका छन् भने पुरुषहरू पनि अन्य व्यवसायमा लागिरहेका छन् ।
तीमध्येका एक प्रतिनिधि पात्र हुन्, रझेना गाउँका ६२ वर्षीय जगदेव थारू । उनी असल बंगुर तथा भैँसी फर्म चलाउँछन्। थारू फर्मका मालिक हुन् । र, फर्मका कामदार पनि उनी आफैँ हुन् । भैँसीको स्याहारसुसारमा नै उनको दैनिकी बित्ने गरेको छ । बिहानको झिसमिसेसँगै सुरु हुने उनको दैनिकी मध्यरातसम्म फर्ममै बित्ने गरेको छ । उक्त फर्ममा मिसनकर्मी पुग्दा पनि थारू भैँसीका लागि आहाराको जोहो गर्दै थिए । कुराकानीको क्रममा गाउँमा भर्खरै दूध बेचेर आएको उनले बताए ।
‘बिहानदेखि साँझसम्म यिनै भैँसीको स्याहारसुसार गर्दै बित्छ । अहिले भर्खरै दूध बेचेर आएँ,’ उनले भने, ‘अब केही समय आराम गरेर फेरि भैँसी चराउन जान्छु ।’ उनको फर्ममा हाल पाडापाडीसहित १० वटा भैँसी छन् । तीमध्ये ७ वटा भैँसी दुहुना छन् । १ लाख १० हजारदेखि १ लाख २० हजार रूपैयाँसम्मका भैँसी उनीसँग छन् । दैनिक २० लिटर दूध बेच्दै आएको थारूले बताए ।
थारूले बंगुर र भैँसी पालन व्यवसाय भने २०५२ सालदेखि सुरु गरेका हुुन् । तीन दशकदेखि निरन्तर उक्त व्यवसायमा सक्रिय थारू बंगुर र भैँसीपालनबाटै अहिलेसम्म जीविकोपार्जन गर्दै आइरहेको बताउँछन् । २०५२ सालमा एउटा बंगुुर र एउटा भैँसीबाट व्यवसाय सुरु गरेका थिए उनले । ‘त्यतिबेला एउटा सानो बंगुर र भैँसीको पाडो गरेर जम्मा १० हजार रूपैयाँमा किनेको थिएँ,’ थारूले सुनाए, ‘त्यो पनि अर्कासँग पैसा सापटी मागेर ।’
त्यतिबेला गाउँकै एक छिमेकीसँग सापटी लिएर व्यवसाय सुरु गरेको थारूले बताए । भैँसी पालेरै उनले घरधन्दा चलाए । पाँच छोराछोरी बढाए, पढाए । भैँसीपालनबाटै कमाएको पैसाले जमिन किने, घर बनाए । आफूले अहिले पनि सबै कुरा भैँसीपालनबाटै प्राप्त गरेको उनी बताउँछन् ।
उनका तीन छोरा र दुई छोरी छन् । जेठा छोरालाई कक्षा १२ सम्म भैँसीको दूध बेचेरै पढाएको उनको भनाइ छ । माइला छोरा र बुहारीलाई समेत पढाएको उनले बताए । उनका कान्छा छोरा अहिले कोरियन भाषा पढिरहेका छन्् । ‘छोराले साह्रै रहर ग¥यो । छोराछोरी पढ्ने बेला आफू पढ्छु भन्छ । अब के गर्ने त्यसका लागि पैसा जम्मा गरिरहेको छु,’ थारूले मिसन टुडेसँग भने ।
भैँसी पालेरै उनले रझेनामा २ कट्टा नम्बरी जग्गा किनेका छन् । त्यसैमा पक्की घर निर्माण गरेर अहिले बसेका छन्् । फर्म पनि आफ्नै जग्गामा फैलिएको छ । उनका छोरी भने पढेनन् । आफूले पढ्नका लागि भन्दा पनि छोरीहरूले पढ्ने रुचि नदेखाएको उनले बताए । उनी दूध बिक्रीबाट दैनिक सरदर १ हजार कमाउँछन् । महिनामा खर्च कटाएर २५ हजार रूपैयाँसम्म बच्ने गरेको उनले बताए । वार्षिक सरदर आम्दानी ४ लाख रूपैयाँसम्म रहेको छ । थारू स्वास्थ्यले साथ दिएसम्म भैँसी र बंगुर पालनमा आफू सक्रिय हुने बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्