बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर– १० को वडाध्यक्षको लागि नेपाली कांग्रेसका युवा नेता दिग्वीजय जंग राणाले दाबी गरेका छन् ।
आसन्न स्थानीय तह निर्वाचनको लागि वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता राणाले दाबी गरेका हुन् ।
कांग्रेसबाट वडाध्यक्षको लागि आफुले दाबी गरेको उनले मिसनटुडेन्यूज डटकमलाई जानकारी दिए । ‘कोहलपुर–१० को वडाध्यक्ष पदको लागि मैले नेपाली कांग्रेसबाट दाबी पेश गरेको छु’ उनले भने, ‘वडा विकासको लागि मैले वडाध्यक्षमा दाबी पेश गरेको हुँ ।’
वडाध्यक्षमा कांग्रेसबाट दाबी पेश गरेका राणा नेपाल तरुण दल बाँके क्षेत्र नम्बर १ का अध्यक्ष समेत हुन् । कोहलपुरमा मात्र नभएर बाँकेमा नै उनी युवाहरु माझ लोकप्रिय रहेका छन् । युवा नेता राणा कोहलपुर– १० बासीमाझ लोकप्रिय रहेको बताइन्छ ।
प्रकाशित मिति : २०७८ चैत २० गते आइतबार
प्रतिक्रिया दिनुहोस्