जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु



जुम्ला ।

जुम्लामा वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको मृत्यु भएको छ। सिञ्जा गाउँपालिका- १ का ८१ वर्षीय भद्दे रावलको डढेलोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

घर नजिकैको रुपाकोट सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा आगोमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक क्षेदिलाल कामतीले जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १४ गते सोमबार