नेपालगन्ज स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका स्तरीय सातौँ विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालगन्ज नगर समितिको व्यवस्थापनमा प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । प्रतियोगिताको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले उद्घाटन गरे ।

उद्घाटन सत्रका प्रमुुख अतिथिसमेत रहेका मन्त्री अग्रवालले खेलाडी उत्पादन र प्रोत्साहनका लागि प्रतियोगिता अवसर सावित हुुने बताए । उनका अनुुसार स्थानीय तहमा हुुने यस्ता प्रतियोगिताले नयाँ प्रतिभा उत्पादनमा सहयोग पुुग्छ ।

उक्त अवसरमा बोल्दै नगरप्रमुख प्रशान्त बिष्टले खेलकुदले अनुशासित,मेहनती र कर्तव्यनिष्ठ बनाउन प्रेरित गर्ने बताए । विद्यालयस्तरदेखि नै खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन भइरहनुपर्नेमा जोडमा नगरप्रमुुख बिष्टको जोड थियो ।

प्रतियोगितामा ४४ वटा माध्यमिक र केही आधारभूत तहका विद्यालयहरू सहभागी छन् । प्रतियोगिता पुुस २१ गतेसम्म सञ्चालन हुुनेछ । प्रतियोगितामा विभिन्न खेलकुद विधाहरू समावेश गरिएका छन् । प्रतियोगिता सुुरु हुुनुुअघि बिहान विपी चोकदेखि नेपालगन्ज रंगशालासम्म प्रभातफेरि समेत निकालिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २० गते शनिबार