समाज सेवाको वार्षिकोत्सवमा ९३ वर्षीय वृद्ध सम्मानित



कोहलपुर ।

समाज सेवा संस्था कोहलपुरले आफ्नो ७औँ वार्षिक साधरण सभा तथा वार्षिकोत्सवको अवसरमा एक ९३ वर्षीय वृद्धलाई सम्मान गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच संस्थाले कोहलपुर–१४ का समाजसेवी समेत रहेका ९३ वर्षीय गुरू प्रसाद गडरीयालाई सम्मान गरेको हो ।
कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख संगिता सुवेदीले दोसल्ला ओढाएर उनीलाई सम्मान गरेकी थिइन् ।

सो अवसरमा बोल्दै उनले संस्थासँग आगामी दिनहरूमा समन्वय र सहकार्य गरी समाजमा रहेका कुरितीविरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाइन् ।

कोहलपुर वडा नम्बर ९ का वडाध्यक्ष ओपेन्द्र नाथ योगीले संस्थाले समग्र बाँके जिल्लामा लागूऔषध सम्बधि सचेतना कार्यक्रममा गरी नागरिकलाई सचेत बनाएको बताएका थिए ।

उक्त अवसरमा संस्थाका अध्यक्ष विनोद थापाले संस्थाको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै कोहलपुरका २५ वटा विद्यालयमा लागूऔषधविरुद्ध सम्बन्धि सचेतनाका कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

कार्यक्रममा माईती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला, कोहलपुर नगर प्रहरी प्रमुख नगर प्रहरी निरीक्षक बीरबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १० गते शुक्रबार