नेपालगन्ज ।
पश्चिम नेपालको भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज आइपुगेका छन् । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणका लागि पूर्वराजा पत्नी कोमल शाहसहित सोमबार नेपालगन्ज आएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।
पूर्वराजा नेपालगन्जमा करिब एक महिना बस्ने जनाइएको छ । नेपालगन्जबाट शाह दम्पती दाङमा रहेको धार्मिक स्थल गोरखनाथ मन्दिरको दर्शनका लागि जाने कार्यक्रम रहेको जनाइएको छ ।
केही दिन बाँकेको बसाइपछि पूर्वराजा सुदूरपश्चिमको कैलाली र कन्चनपुरलगायत जिल्लाको भ्रमणमा जाने बताइएको छ । यसक्रममा उनले आफ्ना शुभचिन्तकहरूसँग भेटघाट तथा अन्तक्र्रिया पनि गर्नेछन् । शाह दम्पतीसहित छोरी प्रेरणा, भतिजी शितास्मा र सचिवहरू सागर तिमिल्सिना र राजेश सिंह पनि भ्रमण दलमा सहभागी रहेका छन् ।
पूर्वराजालाई स्वागत गर्न राप्रपाका कार्यकर्ता एवम् राजाप्रति झुकाव राख्ने नागरिकहरू नेपालगन्ज विमानस्थल पुगेका थिए । राजालाई विमानस्थलदेखि सोल्टी होटलसम्म ¥यालीसहित स्वागत गरिएको थियो । पछिल्ला केही वर्षयता पूर्वराजा यो सिजनमा नेपालगन्ज आउने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्