बाँके ।
कोहलपुरमा सञ्चालित एक नीजि विद्यालयका प्रिन्सिपल बलात्कार आरोपमा पक्राउ परेका छन् ।
पीडित बालिकाको उजुरीको आधारमा प्रिन्सिपललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकारीले पुष्टि गरे ।
‘बालिकाले जबरजस्ती करणीको उजुरी दिएपछि उहाँलाई हामीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याइसकेका छौँ’ ती प्रहरी अधिकारीले मिसन टुडेसँग भने, ‘यसबारे थप बुझ्ने काम भइरहेको छ ।’
प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत गराइसकेको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्