सल्यान,१४ कार्तिक/ निर्वाचन नजिकिय संगै नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल सल्यानले आफ्नो सक्रियता बढाएको छ । आफ्नो संगठनलाइ चलायमान बनाउन वाइसीएलले स्थानीय स्तरदेखि नै संगठन निर्माण र युवा परिचालन कार्य थालनी गरेको छ ।यस क्रममा जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १ र २ को वडा सम्मेलन सम्पन्न भएको वाइसीएल नेपाल सल्यानका सह सचिव शेर बहादुर पुनले जानकारि दिए ।
वडा नम्बर १ मा हिरालाल घर्तीको संयोजकत्वमा २१ सदस्यीय र वडा नम्बर २ मा तुलाराम पुनको संयोजकत्वमा २७ सदस्यी वाइसीएल नेपाल वडा कमिटी निर्माण गरिएको उनले जानकारी दिए ।उक्त अवसरमा माओवादी केन्द्रका पोटिलव्युरो सदस्य कृति बहादुर पुन प्रकाण्डले बाम गठबन्धनलाइ आसन्न प्रदेश र केन्द्र चुनावमा जीत दिलाउनका लागी गाउँगाउँमा खट्न वाइसीएललाइ निर्देशन दिएका थिए ।
उनले वाम एकता इतिहासको अपरिहार्य आवश्यकता भएकाले वाम गठवन्धनका उम्मेदवारलाई चुनावमा जिताउन हर प्रयास गर्नुपर्ने बताए ।कपुरकोटमा आयोजित कार्यक्रममा वाइसीएल जिल्ला इन्चार्ज शोभाराम भण्डारी, वाइसीएल नेपाल सल्यानका संयोजक प्रकाश भण्डारि, सहसचिव शेर बहादुर पुन, माओवादी केन्द्र कपुरकोट गाउँपालिकाका सचिव मान बहादुर बुढाथोकी, माओवादी केन्द्र कपुरकोट गाउँपालिका ३ का संयोजक पवन कार्कि, वाइसीयल कपुरकोटका संयोजक तेजु थापा लगाएतकाले बोल्दै देशको आवश्यकता बाम गठबन्धन भएको बताएका थिए ।
कार्यक्रममा वाइसीएल नेपालको सातौं पूर्ण बैठकबाट संयोजकमा चयन भएका प्रकाश भण्डारीलाइ बधाइ र सम्मान गरिएको थियो । वाइसीएल नेपाल सल्यानले केन्द्रको निर्णय अनुसार एमालेको युवा संगठन युवा संघ संग समन्वय गरेर संयुक्त कार्यक्रमहरु गर्ने जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्