30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

बबई नदीमा तटबन्धन बनाउ“छु ः प्रधानमन्त्री

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २, २०७४  

बर्दिया, ०२  भदौ / प्रधानमन्त्री शेरबहादुर देउवाले बबई नदीमा तटबन्धन बनाउने प्रतिवद्धता जनाएका छन् । बबई नदीको बाढीले पु¥यााएको क्षति निरिक्षण तथा राहत हस्तान्तरण गर्न बिहीबार सदरमुकाम गुलरिया पुगेका प्रधानमन्त्री देउवाले बबई नदीमा तटबन्धन बनाउने काम प्रथमिकताका साथ अघि बढाइने बताए ।
बबई नदीमा व्यवस्थित तटबन्धन नहुँदा बबईको बाढी सदरमुकामसहित आसपासको बस्तीमा पसेर ठूलो क्षति पु¥याएको हो ।
प्रधामन्त्री देउवाले बबई नदीले पु¥्याएको क्षतिप्रति दुःख व्यक्त गरे । उनले बाढीपिडितलाई दिइने सहयोगमा कुनै कमी हुन नदिने प्रधानमन्त्रीले प्रतिवद्धता समेत जनाए । ‘तपाईहरु चिन्ता नमान्नुस् । सरकारले सहयोगमा कुनै कमी गर्ने छैन ।’ प्रधानमन्त्री देउवाले भने । बाढीपीडितलाई धैर्यता अपनाउन उनले आग्रह
गरे । प्रधानमन्त्री देउवाले बाढीबाट ज्यान गुमाएका पीडित परिवारलाई सरकारले घोषण गरेको क्षतिपूर्ती रकम तत्काल उपलब्ध गराइने र घाइते र अंगभंग भएकाहरुलाई पनि सरकारले सहयोग गर्ने बताए ।
प्रधानमन्त्री देउवाले बाढीपिडितका लागि ल्याइएको २ सय क्युन्टल चामल र अन्य राहतका सामग्री गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवलाई हस्तान्तरण गरे । बिहिबार विहान साढे नौ बजे बर्दिया जाने कार्यक्रम भएपनि ३ घण्टा ढिलो प्रधानमन्त्री हेलिकप्टरबाट सदरमुकाम गुलरिया झरेका थिए । प्रधानमन्त्रीका साथमा सिँचाई मन्त्री संञ्जयकुमार गौतम र प्रधानसेनापति राजेन्द्र क्षेत्री पनि थिए । मन्त्री गौतम बर्दियाबासी हुन् । प्रधानमन्त्रीले करिव ७ मिनेट मात्र बाढीपिडितलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्रीले जिल्लामा बबई नदीको बाढीले पु¥याएको क्षतिको स्थलगत अवलोकन भने गरेनन् । प्रधानमन्त्री राहत वितरण गर्न आउने भएपछि सदरमुकामका सयौँ बाढीपिडत विहानैदेखि हातमा थैलो लिएर कार्यक्रम स्थल पुगेका थिए ।
एकै स्थानबाट राहत वितरण गर्न अप्ठ्यारो हुने भएकाले सरकारबाट प्राप्त राहत वडा कार्यालय मार्फत वितरण गरिने भएपछि राहत लिन आएका पिडितहरु रित्तै फर्केका थिए ।  साउन २७ र २८ गते आएको अबिरल बर्षाका कारण बबई नदीमा आएको बाढीमा परेर यहाँ ५ जनाको ज्यान गएको छ । ज्यान गुमाउने मध्ये १ जनाको पहिचान हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीबाट ५ जना घाइते भएका छन् । बबई नदीको बाढी सदरमुकाम गुलरिया नगरपालिकाका साथै बाराबर्दिया, मधुवन र ठाकुरबाबा नगरपालिकामा पसेको थियो । बाढीले सबै भन्दा बढी सदरमुकाम गुलरियामा क्षती पु¥याएको
छ ।
बाढीका कारण बर्दियामा २ हजार १ सय ७३ घर पूर्ण रुपमा क्षति भएको छ । भने ८ हजार ९ सय ६२ घर आंशिक रुपमा क्षति भएको बताइएको छ । यहाँ ४ हजार ३ सय ८८ घरधुरीका २४ हजार ७ सय ३४ जना विस्थापित भएका छन् । बाढीका जिल्लामा करिव ७५ हजार जनसंख्या प्रभावित भएको बताइएको
छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २, २०७४     3:50:13 PM  |