
नेपाली कांग्रेसको चुनाव नजिकिँदै छ । तयारी कसरी गरिराख्नु भएको छ ?
पटकपटक स्थगित भएपछि माघ १९ गते मतदान हुँदैछ । जिल्ला कार्य समिति सदस्य पदमा मैले पनि उम्मेदवारी दिएकाले प्रचारप्रसारमा व्यस्त छुँ । मतदातासम्म पुग्ने कोसिस जारी छ ।
सकेसम्म सबै मतदातालाई भेटौं भन्ने चाहाना छ, तर समय अभाव भएकाले कति सकिन्छ । मतदातालाई विनम्र अनुरोध गर्छुं, म आएन भनेर नरिसाउनु होला । मैले तपाईंहरुलाई सम्झी रहेको छुँ । ठूलो भयो भेट्न आएन भनेर गलत निर्णय लिनुहुने छैन भन्ने मैले विश्वास लिएको छुँ ।
तपाईंलाई नै किन मतदान गर्ने ?
हो, मतदाताले म र अरुमा के फरक छ जान्न जरुरी नै छ । आज मात्र होइन, म हिजोदेखि पार्टीको काममा सक्रिय छुँ । पार्टीमा आबद्ध सदस्यलाई कही कतै अफ्ठ्यारो पर्दा सहयोग गरेको छुँ ।
पार्टी कठिन अवस्थामा पुग्दा जोखिम मोलेर योगदान पु¥याएको छुँ । अहिलेसम्म इमान्दारीताका साथ कर्तव्यनिष्ट हुँदै पार्टीको सिपाही भएर अगाडि बढेको छुँ । म जहाँ छुँ त्यहीबाट हिजो पार्टी र कार्यकर्तालाई गोलबन्द गरेँ । सहयोग गरेँ । भोलि पनि गर्ने छुँ । हाम्रा क्रियाशील सदस्यहरुकै मागबमोजिम मैले जिल्ला सदस्यमा उम्मेदवारी दिएको हुँ ।
तपाईं पार्टीमा कहिलेदेखि सक्रिय राजनीतिमा लाग्नुभयो ?
२०४६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा आबद्ध छुँ । २०५१ सालमा बुथ सभापति थिएँ । त्यतिबेला मैले आफ्ना उम्मेदवारका लागि अमूल्य सहयोग गरेँ । २०५६ सालमा तरुण दलको नगर सभापति भएँ । तरुण दलको संस्थापक सभापति पनि हुँ । त्यतिबेला मैले युवाहरुको पार्टीमा आकर्षण बढाएँ ।
तपाईंको योजना के–के हुन् त ?
जिल्ला सदस्यको उम्मेदवार हुँ । सदस्यको भूमिका के कति होला तर मैले मेरोतर्फबाट हुने कुनै कसूर बाँकी राख्दैन । पहिलो कुरा, पार्टी अहिले जुन शक्तिमा खुम्चिएको छ यसलाई पुरानै अथवा अहिलेको भन्दा माथिल्लो तहमा पु¥याउनु छ ।
अर्काे कुरा, पार्टीभित्र रहेको गुटबन्दी छ त्यसलाई कम गर्न प्रयास गर्ने छुँ । पार्टीमा आबद्ध सदस्यहरुका लागि भने हिजो, आज र भोलि गर्ने सहयोग गरिरहने छुँ । मुख्य कुरा के हो भने, ‘पार्टीलाई पहिलो नम्बरमै पु¥याउने हो ।’ अब स्थानीय तहको चुनाव नजिकिँदै छ । त्यहाँ हामीले हाम्रा उम्मेदवार तयार पार्नु छ । उम्मेदवार तयार पारेर मात्र पुगेन् ।
उनीहरुलाई जिताउनु पनि छ । यी अत्यावश्क काम छन् । यि काम गर्न म योग्य छुँ । मेरो उम्मेदवारी भनेको पार्टी र संगठन बलियो बनाउनु नै हो । विश्वास छ, ‘मतदाताले आफ्नो अमूल्य मत दिएर विजयी बनाउनु हुने छ ।’









प्रतिक्रिया दिनुहोस्