‘प्रथम प्रदेशसभा कपको उद्देश्य खेलाडी उत्पादन गर्ने हो’



खेलकुद स्वास्थ्यका लागि हो । मनोरञ्जनका लागि हो । अहिलेको प्रतियोगिता भोलिका लागि लगानी समेत हो । प्रतियोगिताको पुरस्कारको राशी समेत प्रथमलाई ५ लाख, द्वितीयलाई ३ लाख र तृतीयलाई २ लाख रूपैयाँँ छ । त्यसमा उत्कृष्ट हुने विद्यालयले नगद रकम पाउँछन् । उक्त रकम खेलकुदको विकासमा लगानी हुन्छ । विधागत पुरस्कार समेत रहेको छ । यस्ता प्रतियोगितालाई सबैको साथ र सहयोग आवश्यक हुन्छ ।

                                  केशरबहादुर आलेमगर, संस्थापक गोरखा युनाइटेड पब्लिक स्कुल

प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ को पृष्ठभूमिबारे जानकारी गराइदिनुहोस् न ?

नेपालमा पछिल्ला वर्षहरूमा क्रिकेटप्रति धेरै आर्कषण देखिन्छ । त्योभन्दा अघि नेपालमा फुटबलको क्रेज थियो । तर पछिल्ला वर्षहरूमा फुटबल ओझेल परेको जस्तो देखिन्छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा नै छ । खेलकुदका माध्यमबाट स्वास्थ्य राम्रो मात्रै होइन यसले सिंगो राष्ट्रलाई जोड्छ । एक वर्षअघिको कुरा हो । बाँके क्षेत्र नम्बर १ ‘ख’का लुम्बिनी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीसँग फुटबलसम्बन्धी छलफल भएको थियो । मैले उहाँलाई विद्यालयस्तरमा फुटबलसम्बन्धी केही गरौँ भन्ने प्रस्ताव गरेको थिए । उक्त प्रस्ताव उहाँले स्वीकार गर्नुभयो । प्रदेशमा राख्नु भएछ । अनि बजेट पनि प¥यो । फुटबलको विकास गरौँ भन्ने उद्देश्य यो प्रतियोगिता गर्न लागिएको छ ।प्रतियोगितामा बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तर्गतका सबै विद्यालय सहभागी हुन्छन् । यस क्षेत्रमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहनेछ ।

प्रदेशसभा कप सञ्चालन गर्नुको उद्देश्य के हो रु प्रतियोगिताबाट दिन खोजिएको सन्देश के हो र ?

प्रतियोगिताको नाम प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ राखिएको छ । प्रतियोगितामा १३ देखि १६ वर्षसम्मका खेलाडीले मात्रै सहभागिता जनाउनेछन् । उमेर समूहका प्रतियोगिताहरू खासै हुँदैनन् । त्यसैले सानो उमेरका खेलाडीहरूले आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्ने अवसर विरलै पाउँछन् । उनीहरूले अवसर पाउन् भनेर प्रतियोगिता आयोजना गर्न लागिएको हो । अर्कातिर उनीहरूले फुटबल खेलबारे जानुन् र महत्व बुझुन् भन्ने पनि हो । त्यतिमात्रै होइन नगर तथा जिल्लास्तरमा हुने हरेक प्रतियोगितामा फुटबल प्रतियोगितालाई अनिवार्य गर्ने हाम्रो माग छ । सोहीअनुसार लविङ पनि गरिरहेका छौँ । यो स्थानीय सरकारहरूलाई फुटबलमा लगानी गर्नुस् भन्नका लागि समेत हो । ग्रासरुटमा लगानी सिनियर फुटबल प्रतियोगिताका लागि सहयोगी बन्छ । सामाजिक विकास डिभिजन कार्यालयको निर्देशनमा सम्पूर्ण काम भइरहेका छन् ।

प्रथम प्रदेशसभा कपलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउनका लागि कसरी काम भइरहेको छ ?

अहिले प्रतियोगिताबारे पूर्वतयारी भइरहेको छ । प्रतियोगितालाई सफल बनाउन विभिन्न समितिहरू गठन गरिएको छ । सम्पूर्ण विद्यालयहरूलाई सहभागिताका लागि जानकारी गराएका छौँ । प्रतियोगिताको तयारीका लागि सामाजिक विकास डिभिजन प्रमुखको संयोजकत्वमा मूल आयोजक समिति बनेको छ । अन्य उपसमिति समेत बनेका छन् । जसमा आर्थिक उपसमिति, अभिलेख समिति, प्राथमिकता उपचार समिति, खेल प्राविधिक समिति, स्वयमसेवक परिचालन समिति, मञ्च व्यवस्थापन, अतिथि सत्कार, प्रचारप्रसार तथा सुरक्षा व्यवस्थापन समिति गठन गरिएका छन् ।

प्रतियोगिताका लागि प्रदेश सरकारले नै लगानी गरेको छ । प्रतियोगिता नगर क्षेत्रलाई समेटेर गरिँदैछ । प्रतियोगिताबाट हुने अल्पकालीन र दीर्घकालीन उपलब्धि के हो रु यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्न कत्तिको सम्भव देख्नुहुन्छ ?

नगर क्षेत्रमा विभिन्न प्रतियोगिता हुने गरेका छ । पालिकाकप, मेयरकप, उपमेयर कप लगायतका प्रतियोगिता हुन्छन् । त्यहाँ विभिन्न विधाका खेलहरू हुन्छन् । त्यसमध्येको एक फुटबल पनि हो । ती प्रतियोगिताहरूमा फुटबललाई अनिवार्य गरिएको छ । स्थानीय सरकारले खेलकुदलाई प्राथमिकता दिएको छ । अन्य पालिकाहरूले समेत खेलकुदमा बजेट विनियोजन गरेर गतिविधि गरिरहेका हुन्छन् । क्लबस्तरबाट समेत विभिन्न प्रतियोगिताहरू भइरहेका छन् । खेलकुदप्रति विद्यार्थीहरूलाई आकर्षित गर्ने हाम्रो तत्कालीन उद्देश्य रहेको छ । यस प्रतियोगिताको निरन्तरतालाई पनि जोड दिइएको छ । यस प्रतियोगितामा हरेक विद्यालय सहभागी हुन्छन् । १६ वर्ष उमेर समूहका विद्यार्थी सहभागी हुन्छन् । विद्यालयहरूले अब अनिवार्य रूपमा खेलकुद अभ्यास सुरु गर्छन् ।

अन्त्यमा प्रतियोगिताबारे थप कुरा र प्रतियोगिता अवलोकनका लागि के आग्रह गर्न चाहनुहुन्छ ?

खेलकदु स्वास्थ्यका लागि हो । मनोरञ्जनका लागि हो । अहिलेको प्रतियोगिता भोलिका लागि लगानी समेत हो । प्रतियोगिताको पुरस्कारको राशी समेत प्रथमलाई ५ लाख, द्वितीयलाई ३ लाख र तृतीयलाई २ लाख रूपैयाँँ छ । त्यसमा उत्कृष्ट हुने विद्यालयले नगद रकम पाउँछन् । उक्त रकम खेलकुदको विकासमा लगानी हुन्छ । विधागत पुरस्कार समेत रहेको छ । यस्ता प्रतियोगितालाई सबैको साथ र सहयोग आवश्यक हुन्छ ।
हामीले विद्यालयलाई अनिवार्य उपस्थित हुन भनेका छौँ । त्यसो भयो भने विद्यार्थी पनि सहभागी हुन्छन् । अझ अभिभावकहरूको समेत उल्लेख्य सहभागिता होस् भन्ने हामीले चाहेका छौँ । खेलप्रेमीहरूलाई हामी प्रतियोगिता अवलोकन गर्न आइदिन र हाम्रो अभियान सफल बनाउन भूमिका खेलिदिन अनुरोध गर्न चाहन्छु ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १ गते शुक्रबार