कांग्रेसका वडा सभापति हतियारसहित पक्राउ



सोलुखुम्बु ।

सोलुखुम्बु प्रहरीले कांग्रेसका एक नेतालाई हतियारसहित पक्राउ गरेको छ। थुलुङ दूधकोशी गाउँपालिका ७ का वडा सभापति मिलनकुमार राईलाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा मुद्दा परेपछि राईलाई पक्राउ गरिएको हो। उनीमाथि हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

यो कसुरमा अभियुक्तलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २० गते बिहीबार