केएमसीका सञ्चालक शर्मालाई विद्यार्थीहरुले दले कालोमोसो



काठमाडौं ।

काठमाडौं मेडिकल कलेज केएमसीका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरूले मोसो दलेका हुन् ।

विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका विद्यार्थीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको बताईएको छ ।

शुक्रबार मन्त्रालयमा विद्यार्थी, अभिभावक, काठमाडौं विश्वविद्यालयका प्रतिनिधि, केएमसी कलेजका प्रतिनिधि, चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच छलफल थियो । शर्मालाई कालोमोसो दलेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबेल कलेजले एमबिबिएसका विद्यार्थीहरूसँग अतिरिक्त शुल्क लिएको विरोधमा विभिन्न विद्यार्थी संगठनहरूसहित पीडित विद्यार्थी एक महिनादेखि आन्दोलनरत छन्।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ३० गते शुक्रबार