भारत जान्छु भनी हिडेका पुरुषको मानव कंकाल जंगलमा फेला



सल्यानमा एउटा मानव कंकाल फेला परेको छ ।

शनिबार जिल्लाको कुमाख गाउँपालिका –७ जिमाली स्थित काउलेखोलामा मानव कंकाल फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा कुहिएको अवस्थामा पुरुषको कंकाल फेला परेको हो ।

स्थानीयले जंगलमा घाँस काट्ने क्रममा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बाटोबाट झन्डै २० मिटर तल खोल्सामा फेला परेको कंकाल कुमाख गाउँपालिका ७ जिमालीका अन्दाजी ६० वर्षीय गंगाराम नाथको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी इनिस्पेक्टर श्याम प्रकाश यादवले जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले जुत्ता, कपडा, टोपि भेटिएको छ । उक्त सामानको आधारमा घरपरिवारले नाथको कंकाल भएको पहिचान गरेको यादवले बताए ।

नाथ गत मंसिर १२ गते काम गर्न गएको भन्दै घरबाट गएका थिए । घरमा नआएपछि घरपरिवारले खोजविन गरेको र तर प्रहरीलाई भने खबर नगरेको पाइएको छ ।

उनी पटक पटक घरमा कोहीलाई केही नभनि कामको शिलशिलामा भारत जाने गरेकाले भारत गएको अनुमान गरी घरपरिवारले पनि खासै खोजविन नगरेको प्रहरीले बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ४ गते आइतबार