काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रण्चण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामन्ती हिन्दु अतिवादी भएको आरोप लगाएका छन् ।
बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको कार्यक्रममा उनले ओली मार्क्सवादी नभएको जिकिर गरे ।
ओली प्रवृत्तिबारे आफूले तत्कालिन नेकपामा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेको भन्दै प्रचण्डले भने, ‘ओली प्रवृत्ति विचारको हिसाबले कम्युनिस्ट होइन, माक्र्सवादी होइन, यो सामन्ती हिन्दु अतिवादी हो, (पशुपतिनाथमा) जलहरी चढाएको त सुन्नुभयो होला । मेरो निर्वाचन क्षेत्रमा राम सीता हनुमान राखिदिएको छ । … कम्युनिस्टले यस्तो काम गर्छ त ?’
ओलीले महान नेता हुने अवसर गुमाएको पनि प्रचण्डले बताए । ‘केपीजत्ति वुद्धि नभएको नेता कोही पनि छैन । यति ठूलो अवसर उनलाई थियो, चुप लागेर एकताको बेलामा भएको समझादारी पालना गरेको भए । केपी ओली नेपालको इतिहासमा महान नेता हुने अवसर थियो’ उनले भने ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुुँदा अध्यक्ष र प्रधानमन्त्री पद ओली र आफूबीच आधा आधा समय बाँड्ने सहमति भएको पनि प्रचण्डले बताए ।









प्रतिक्रिया दिनुहोस्