16 July 2024  |   मङ्लबार, साउन १, २०८१

बालविवाह विरुद्ध सक्रियता बढाउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६  

नेपालमा बालविवाहको अवस्था भयानक छ । उमेर नपुगि गरिने विवाहका कारण वर्षेनी लाखौँ बालवालिका नराम्रोसँग प्रभावित हुने गरेका छन् । बालविवाह कानुनी रुपमै निषेध गरिएको भएपनि वर्षेनी लाखौँ बालवालिकाको कलिलै उमेरमा विवाह हुन्छ । जसका कारण बाल अधिकार हनन् मात्रै भएको छैन । नेपाल बालविवाह बिरुद्धको पक्षधर राष्ट्र भएकोले नराम्रो सन्देश प्रवाह भईरहेको छ । गरिबी, अशिक्षा र परम्परागत समाज बालविवाहका मुख्य कारण हुन् । पछिल्लो समय प्रविधिको विकाससंँगै सामाजिक सञ्जाल समेत समस्याको विषय बनेको छ । यसबाट बढी बालवालिका नै पिडित छन् । नेपालको संविधानले नै २० वर्ष नपुगि गरिएको विवाहलाई गैर कानुनी भनेको छ । मुलुकी संहिता ऐनले त बालविवाहलाई सामाजिक अपराधको रुपमा व्याख्या गरेको छ ।

विभिन्न तथ्यांकलाई हेर्ने हो भने पनि सन्तोषजनक अवस्था छैन । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्बेक्षणका २०११ का अनुसार ४१ प्रतिशत महिलाहरुको विवाह १८ वर्ष अगाबै हुन्छ । भने ११ प्रतिशत पुरुषहरुको विवाह यही उमेरमा हुने गरेको छ । राष्ट्र संघीय जनसंख्या कोष २०१२ को प्रतिवेदनले नेपालका ग्रामिण क्षेत्रमा बसोबास गर्ने ४३ प्रतिशत र शहरमा बस्ने मध्ये २७ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै हुन्छ । प्रदेशगत हिसाबमा भन्ने हो भने प्रदेश २ सबैभन्दा अघि छ । कर्णाली प्रदेश ५२ प्रतिशत बालविवाह हुने गरेको तथ्यांक छ । प्रदेश तीनमा भने सबै भन्दा कम बावविवाह हुने गरेको पाईएको छ ।

बाल अधिकार प्रत्याभूतिको लागि पनि यसको न्युनिकरणको लागि सबै जना एकजुट हुनुको विकल्प छैन् । यसमा सबै भन्दा स्थानीय सरकार र सरोकारवालाहरुको भूमिका महत्वपुर्ण रहेको छ । बाँके जिल्लाको विकराल समस्याका रुपमा रहेको बालविवाह न्युनिकरणको अभियानमा स्थानीय तह जुटेका छन् । बालविवाह न्यूनिकरणलाई अभियान कै रुपमा संचालन भईरहेको छ । यहाँका आठ वटै स्थानीय तहले पनि यस अभियानमा प्रतिबद्धता व्यक्त गरेका छन् । बालबालिकाका क्षेत्रमा काम गर्ने एनजिओ र सरोकारवालको सहकार्यमा गाउँ–गाउँमा जनचेनतामुलक कार्यक्रमहरु भईरहेका छन् । यहाँका किशोरी क्लबको सक्रियता समेत सकारात्मक छ । सबै स्थानीय तहमा किशोरी क्लबहरुले हुन लागेका बालविवाह समेत रोकेका छन् । बालविवाह बिरुद्धको अभियानलाई सबैले सक्रियताका साथ अघि बढाउनु अहिलेको आवश्यकता हो । यसो हुन सके बालविवाह केही भएपनी न्यूनिकरण हुने देखिन्छ ।

प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६     9:11:59 AM  |